मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा अवस्थित मावा नुनसरी समुदायिक वन उपभोक्ता समुहले आज शुक्रबार एक बृहत कायृक्रमको आयोजना गरी आफ्नो सेवा क्षेत्र भित्रमाका जेष्ठ, एकल महिला, दलित, गरिब तथा बिपन्न परिवराई सम्मान कार्यक्रम सम्मपन्न गरेको छ ।

मावा नुनसरी सामुदायिक वनको बार्षिक कार्यक्रम अन्र्तगत ८५ बर्ष भन्दा माथीका ११ जना जेष्ठ नागरीक, ८ जना एकल महिलाहरुलाई , बिपन्न तथा अपाङ्ग १२ जान र ६ जना टोली प्रमुखहरुलाई नगद एक–एक हजारका दरले र दोसल्ला ओडाएर सम्मान गरिएको मावानुनसरी समुदायिक वनका सचिब दिपेन थापाले जानकारी दिनु भयो । साथै एकल तथा आपाङ्गलाई थप फाइबर सिरक १ थान, झुल १ थान र तन्ना १ थान दिइएको थियो । भने बिपन्न परिवाकरका ७ घरपरिवारलाई टोपी बुन्ने धागो सहित ७ थान टोपी बुन्ने तान बितरण गरीएको सा.ब.उ.स. अध्यक्ष बिक्ष्णु प्रसाद गरागाईले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला वन कार्यालय प्रमुख डा. बिनोद प्रसााद देवकोटाले सामुदायिक वनले आफ्नो सेवा क्षेत्र भित्र आयआर्जन हुने गरी ढाका टोपी बून्ने तान बुन्नु उपयोगी कार्यक्रम भएकोमा प्रशंसा गर्दै अन्य सामुदायिक वनहरुले समेत यसको सीको गर्नु पर्ने बताउनु भयो । बन सार्वजनीक सम्पत्ती भएकाले यसको उचित संरक्षण गर्न सबै लागी पर्नुपर्ने बताउँदै देवकोटाले मावा नुनसरी सामुदायिक वनमा केही आरोह अवरोह आएपनी पुर्वमै राम्रो सन्देश दीन सफल भएकाले दृढता पुर्वक काम गर्न समीतिलाई हौषला प्रदान गर्नु भयो । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकका प्रवक्ता नगेन्द्र कार्की, मिक्लाजुङ सामुदायिक वन महाँसंघका अध्यक्ष रामकृष्ण राई, आँपझोला मिक्लुक सा.ब. उ.सका तिल बिक्रम बोहोरा लगायतले मन्तव्य राख्नु भएको थियो ।