थाइल्याण्ड । दक्षिणी थाइल्याण्डको पर्यटकीय क्षेत्र फुकेट द्वीपमा अवस्थित समुद्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २१ पुगेको छ ।

सो डुङ्गामा दर्जनौँको सङ्ख्यामा चिनियाँ पर्यटक सवार रहेका बताइएको छ । यसअघि सिन्ह्वा समाचार समितिले दिएको समाचारमा करिब १४८ जना व्यक्ति सवार रहेका जनाएको थियो । तर एएफपी समाचार समितिमा यस डुङ्गामा १०५ व्यक्ति सवार रहेको जनाएको छ । एएफपीका अनुसार यसमा ५६ जना व्यक्ति अझै बेपत्ता रहेका छन् । डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । अझै पनि यस दुर्घटनाको पूर्णविवरण भने आइसकेको छैन ।