पोखरा । मुस्ताङको स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर खाना खाएर तामाखाेलामा काम गर्न जाने क्रममा उनीहरू चडेकाे बा २ क २२१९ नम्बरकाे ट्रिपर सडकबाट खस्दा दुर्घटना भएकाे हाे । दुर्घटनामा पर्नेहरू मध्ये ४ महिला र ११ पुरूषकाे मृत्यु भएकाे छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्दार गरीने बातर्इएकाे छ ।