इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका दस दिनअघि सार्वजनिक गरेको बजेट संसोधन गरेको छ । असार १० गते भएको तेस्रो नगर परिषदबाट कुल एक अर्ब ३७ करोड दस लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकोमा बुधबार एक अर्ब ५० करोड ८९ लाख चार हजारको बजेट प्रस्तुत गरिएको हो । संसोधनसहित प्रस्तुत गरिएको बजेट अनुसार, चालु खर्चतर्फ ७८ करोड २० लाख १७ हजार ५५१ र पूजीगततर्फ ७२ करोड १८ लाख ८६ हजार ५०० सार्वजनिक गरियो । वित्तिय व्यवस्थापनतर्फ ५० लाख छुट्याएको छ। विहिबार उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी बजेट बहुमतले पास भएको जनाएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले बजेटमा कुनै विभेद नभएको बताएका छन । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख एंब बजेट तथा योजना तर्जुमा समितिकी संयोजक लक्ष्मी गौतमले बजेट सबै वडाकार्यलयहरुमा समान भएको दावी गरीन । बजेटमा कुनै विभेद छैन केहिले बहिस्कार गरे तर त्यसमा तर्क छैन उनले भनिन् । सबै क्षेत्रलाई बजेटले समेटेको भन्दै इटहरीलाई विकासको मार्गमा लौजाने कार्यको सुरुवात भएको उनको भनाई छ । बुधबार परिमार्जनसहित प्रस्तुत गरिएको बजेट अल्पमत र बहुमतका आधारमा पास गर्ने ढंगले मेयर द्धारिकलाल चौधरीले ह्वीप जारी गरेपछि काँग्रेस पक्षधरले वहिस्कारको घोषणा गरेका छन् । वहिस्कारको घोषणा गरेलगतै बुधबार साँझ काँग्रेसवाट बिजयी १२ जना वडाअध्यक्षसहित अन्य सदस्यले जनप्रतिनिधीले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएका हुन । दसदिनपछि बजेटको आकार बढाएपनि योजना भने घटाइएको पत्रकार सम्मेलनमा जनाइयो । ‘समग्र बजेटमै असन्तुष्टि छ। बजेटमा नयाँपन केही पनि छैन वडा नं. १० का वडाअध्यक्ष प्रकाश चौधरीले भने । उनका अनुसार, वडा भेलाबाट आएका कतिपय योजनालाई कटाएर नयाँ योजना पनि छैन उनले भने । काग्रेसबाट जनप्रतिनिधि जितेका वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गदै बजेट जनपक्षीय नभएको भन्दै विरोध जनाएका छन ।