काठमाडौं । माइतीघरमा पक्राउ परेका ५ जना मानव अधिकारवादी प्रहरी नियन्त्रणबाट फिर्ता हुन मानेनन् सरकारलार्इ गंगामाया र  डा. गोविन्द केसीका माग पूरा गर्न तथा माइतीघरमा लगाइएको निषेधाज्ञा तुरन्त फिर्ता गर्न भन्दै माइतीघरमा प्रदर्शनरत माहामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल, लोकेन्द्र पोखरेल लगायत  १२ जनालार्इ बिहान प्रहरीले माइतीघरबाट  पक्राउ गरेको थियो । जस  मध्ये सातजना घर फर्किसकेका छन् भने पाँचजना मानवअधिकारवादी प्रहरी नियन्त्रणबाट फिर्ता हुन मानेका छैनन् । महानगरीय प्रहरी वृत सिँहरदरबारले उनीहरुलाई घर जान भने पनि उनीहरुले आफुलाई पक्राउ गर्नुको औचित्य चाहिएको भन्दै घर जान नमानेको प्रहरीले जनाएको छ । घर जान नमान्नेमा चरण प्रसाईँ, इन्द्र अर्याल, सागर अधिकारी, विश्वराम दुवाल र मोहन ज्ञवाली रहेका छन् । उनीहरु सबै सिँहदरबार प्रहरी वृत्तको परिसर क्षेत्रमै बसिरहेका छन् ।