लण्डन । बेलायती गोर्खा रेजिमेन्ट भित्र हरेक बर्ष हुने नकआउट फुटबल प्रतियोगिता लण्डनमा निकै चर्चित छ । व्रिगेड अफ गोर्खाज भित्रका १२ वटा सक्रिय बटालियनहरुले यस बर्षको प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

पूर्व प्रधानमंन्त्रि शमसेर जबराले सुरुवात गराएका यो प्रतियोगिता ६८ औ संस्करण हो । आषाढ १६ गतेबाट सुरुवात गरिएको खेलमा गोर्खा सिगनल ५(१ जियस पियस, आर्क सपोट बटालियन २(१ व्रिगेड बेण्ड, पहिलो गोर्खा रेजिमेन्ट ७(१ गोर्खा कम्पनि सिताङ्ग स्यान्डस, ईन्जिनियर बटालियन ४(१ ईन्फ्रेन्ट्रि व्याटल स्कुल वेल्स, यातायात बटालियन ४(० विसिष्ट हतियार स्कुल वार्मिनिस्टर र दोस्रो गोर्खा रेजिमेन्ट २(१ तालिम केन्द्र क्याट्रिकले प्रतिस्पर्धा गरेका थिए ।

नेपाल कपको ६८औ संस्करणको प्रतिस्पर्धाबाट ब्रिगेड अफ गोर्खाजका व्रिगेड बेण्ड, ईन्फ्रेन्ट्रि व्याटल स्कुल मण्डले वेल्स, विसिष्ट हतियार स्कुल ट्यावेलेटो वार्मिनिस्टर, जियस पियस बटालियन, गोर्खा कम्पनि सिताङ्ग र तालिम केन्द्र क्याट्रिकको नेपाल कप २०१८ को उपाधि चुम्ने सपना टुङ्गिएको छ ।

पहिलो चरणको खेलमा यातायात बटालियन बिरुद्ध विसिष्ट हतियार स्कुल वार्मिनिस्टर विच भएको प्रतिस्पर्धा ४(० ले स्कुलको सपना तुहे पनि गोल रक्षक भोजपुर निवासी ईन्टेक ९९ का सुबास राईले विपक्ष तर्फको आक्रमण निकै निर्मल पारेका देख्दा दर्शकदिर्घामा रहेका चकित परेका थिए ।

दोस्रो गोर्खा रेजिमेन्ट बिरुद्ध तालिम केन्द्र विच घमासन परेको खेलमा १५ औ मिनेटमा दोस्रो बटालियनका जर्सी नंम्बर ७ ले २५ मिटर टाढाबाट प्रहार गरेका उक्त बललाई विपक्ष दलका गोल रक्षकले बचाउन असफल भएका थिए । उक्त खेलको ३५ औ मिनटमा तालिम केन्दका जर्सी नंम्बर १३ ले १० मिटरबाट गोल गर्दै १(१ बराबरीमा पहिलो हाफ टुग्गिए पनि दोस्रो हाफको ६५ औ मिनटमा दोस्रो गोर्खा बटालियनका जर्सी नंम्बर ४ जीवन गुरुङ्गले करिब १५ मिटर टाढाबाट प्रहार गरेको गोललाई विपक्ष दलका गोल रक्षकले निर्मल गर्न कोसिस गरेपनि अचानक बल मोडिएर आफनै जालीभित्र छिरेको गोलको परिणामले तालिम केन्द्र पराजित हुनु परेको थियो ।

पहिलो र दोस्रो बटालियनले पहिलो चरणको सफलता प्राप्त गदै सिधै सेमिफाइनलमा प्रवेश गरेका छन् भने भोलि आषाढ १९ गते मंगलबार सोहि रंगशालामा क्वाटर फाइनलको प्रतिस्पर्धामा यातायात बटालियन ९क्वीन ओन गोर्खा लजिस्टिक रेजिमेन्ट अल्डरसट० बिरुद्ध गोर्खा ईन्जिनियर बटालियन मेडस्टोन र आर्क बटालियन बिरुद्ध गोर्खा सिग्नल बटालिय विच कडा प्रतिस्पर्धा हुने जानकारी उक्त खेलका संयोजक क्याप्टेन डिल्ली कुमार राईले बताए ।

उक्त प्रतियोगिताको सेमिफाइनल आषाढ २१ गते विहिवार सोहि स्थानमा रहने खेलको अन्तिम फाइनल खेल आषाढ २८ गते अल्डरसड आर्मि ग्यारिजनको क्वीन एभिन्यू रंगशालामा दिउँसो ठिक २ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ । उक्त दिन ‘काठमाण्डौ कप’ को प्रतिस्पर्धा हुदै आएको छ । स्मरण रहोस ‘काठमाण्डौ कप’ व्रिगेड अफ गोर्खाजबाट अवकाश लिएका खेलाडिहरुले मात्र खेल्न पाउने प्रावधान रहेको छ ।

ब्रुनाइ बाट करिब १५ घण्टा हवाई यात्रा गर्दै दोस्रो गोर्खा रेजिमेन्टबाट गोर्खामेजर मेजर गजेन्द्र आङ्गदेम्वे, मेजर राज राई, मेजर हेम तामाङ्ग, क्याप्टेन संजिब राई वारेन्ट अफिसर वान लाखबहादुर गुरुङ्ग लगायत धेरै दर्शकहरु हौशला बढाउन आएका थिए । ब्रुनाइ राजदबारकालागि सुरक्षामा खटिएका दोस्रो गोर्खा रेजिमेन्टका गोर्खामेजर मेजर गजेन्द्र आङ्गदेम्बेले पहिलो चरणको सफलता प्राप्त गर्दै सेमिफाइनलमा प्रवेश गर्न पाउदा ज्यादै खुशी र उत्साहि हुदै आफनो टिमलाई मन्चबाटै उत्प्रेणा दिलाएका थिए ।