के तपाईंको घरमा चर्पी छ ? के तपाईंको गाउँ टोल खुल्ला दिसामुक्त क्षेत्र घोषण भयो? के तपाईको घरमा खानेपानीको सुविधा छ ? के तपाईं नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसार पानी पिउनु हुन्छ ? के तपाईं साबुन पानीले हात धुनु हुन्छ ? के तपाईं घरमा सरसफाई सम्बन्धी कुरा गर्नु हुन्छ ? सरसफाई गुरु योजना २०११ का अनुसार खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य पुरा भएन ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न र यसमा संलग्न हुनेहरुमा स्थानीय सबै निकायहरु, सरकारी निकायहरु, गैर सरकारी संस्थाहरु र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु प्रत्यक्ष रुपमा अरवै लगानी भईरहेको छ । सवै क्षेत्रमा चर्पीको पुप्याउँन सरकारी र गैरसरकारी संस्थाहरु मार्फत अवै रुपैया अहिले चर्पीको लागी खर्च भईरहेको छ । तर जिल्लाहरुमा उपलब्धी भने खासै छैन । पुर्वी नेपालको सुनसरी जिल्लालाई भने सन् २०१५ सम्ममै खुल्ला दिसामुक्त क्षेत्र वनाउने अभियान संचालन भयो । त्यही अभियानलाई मुर्त रुप दिन स्न २०१३ लाई सरसफाई वर्ष घोषणा समेत गरीयो तर सुनसरीका अधिकांस दिशा मुक्त क्षेत्र घोषणा भएका गाविस र नगरहरुको अवस्था अहिले पनि ज्युको त्यु नै छ भन्दा फरक नपर्ला । सुनसरीमा दर्जनौ सरकारी संस्था खुल्ला दिशा मुक्त वनाउँन लागी परे ।

करोडौ रुपैया सके पनि । २०१५ सम्ममा खुल्ला दिसामुक्त क्षेत्र वनाउने लक्ष्य राखि अभियान संचालन भए । तर उक्त अभियान नारामा मात्र फैलिरहेको छ २०१८ मा पनि पुरा भएन । विशेष गरी जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सरसफाइको अभावमा हुने विभिन्न रोगहरुको संक्रमण हुन नदिन तथा जिल्लाका सवै क्षेत्रलाई सफा र हराभरा वनाउने उद्धेश्यका साथ सुनसरी जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र वनाउने अभियान संचालनमा ल्याएको वताइन्छ । जिल्लाका विभिन्न ठाँउमा वसोवास गर्ने मानिसहरुको स्वास्थ्यमा असर नपरोस तथा जिल्लालाई वातावरण तथा दृष्टि प्रदुषणवाट मुक्त गरी सरसफाईका साथै खुल्ला दिसामुक्त वनाउने अभियान संचालनमा ल्याईयो तर अहिले सम्म पुरा भएको छैन । अधिकांस गैरसरकारी संस्थाहरुको लागनी कागजमा मात्र सिमित वन्ने गरेको छ ।

ग्रामिण क्षेत्रका गाविसहरुमा खुल्ला दिशा मुक्त भएको औपचारीकता घोषणा भए पनि प्रभावकारी अनुगमनको अभावमा चर्पी सजाउँने नै गरेका छन । सामान्य चर्पी वनाई दिए पनि ग्रामिण क्षेत्रका वासीन्दा चर्पी सजाउँने मात्र गर्छन यसको प्रयोग गर्नुको कारणको विषयमा जनमानसमा प्रष्ट्याउँनु किन सकेनन त यी डलरवालाहरुले ? कागजमा चर्पी वनाउँदै पैसा कुम्ल्याउँनेलाई किन हुदैन अनुगमन ? किन हुदैन खर्चको पारदर्शीता ? यो आम जनताको प्रश्न हो तर यसको उत्तर दिन सरकारी पक्ष कोही तत्पर देखिदैनन् । खुल्ला दिसामुक्त क्षेत्रका साथै पुणर््ासरसफाईका लागि अभियानको थालनी गरेको जिल्ला सरसफाई समन्वयन समितीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नु पुर्व लक्षीत क्षेत्रका वासीन्दाहरुलाई सरसफाई गर्दा र खुल्ला दिसामुक्त क्षेत्र भएपछि हुने फाइदाहरुका विषयमा सचेतना अभियान संचालनमा ल्याउँन सक्नु पर्छ । जिल्लाका शहरी क्षेत्रहरुको तुलनामा ग्रामीण क्षेत्रहरुमा सरसफाई र खुल्ला दिसामुक्त क्षेत्रका विषयमा कम जानकारी छ । तिनै क्षेत्रहरुमा पहिलो चरणमा सरसफाई र खुल्ला दिसा मुक्त क्षेत्रका विषयमा सचेतना अभिवृद्धिका साथ शौचालयमा शौच गर्ने वानी वसाउने विषयमा अभियान थालिएको भएपनि कहीकही कहीले पनि वुझाउन समस्या भैरहेको छ । जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिसामुक्त वनाउने रणनितिक योजनालाई मुर्त रुप दिन जिल्ला सरसफाई समन्वयन समिती तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले गाविस सचिव , राजनैतिक दल र संचारकर्मीहरुलाई पुनरताजकी तथा अनुशिक्षण दिईयो तर त्यसको कार्यन्वयन भने शुन्य जस्तै भयो । अहिले २०१८ अर्थात तिन बर्ष पछि पनि उही भत्ता पचाउँने यस्ता कार्यक्रम मात्रै भईरहेको छ । ती कार्यक्रमहरु मिठो खाने र भत्ता लिने भन्दा उपलब्धी भएन ।

विशेष गरी शिक्षा , तथा सचेतनाका दृष्टिकोणले पछि परेका क्षेत्रहरुका मानिसहरुमा सरसफाईका विषयमा जानकारी नभएका कारण खुल्ला ठाँउमै शौच गर्ने देखि लिएर जताभावी फोहोर गर्ने गरेको पाइन्छ । जिल्लालाई पुणंसरसफाई र खुल्ला दिसामुक्त क्षेत्र वनाउन विभिन्न कार्यक्रमनै संचालन भैरहेपनि जिल्लाका गा्रमीण क्षेत्रहरुमा सचेतना वढाउन नसकेको कारण कतिपय ठाँउहरुमा दाताहरुले दिएको शौचालयहरु प्रयोग विहीन अवस्थामा रहको देखिन्छ । २०६५ सालमा कोशीले पुर्वी तटवन्ध भत्काएर वस्तीमा पस्दा त्यस क्षेत्रमा वितरण गरिएका शौचालयहरु प्रयोग नै नगरी दुरुपयोग गरीएको अध्यवधीक देखिनुले पनि शौचालय प्रयोगका विषयमा संचेतना अभिवृद्धी गर्न नसकिरहेको स्पष्ट हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पछिलो समय सामाग्री दिने भन्दा सचेतना दिन सके सदाको लागि मानिसहरुको सोचमा परिवर्तन आउने र खुल्ला खिसामुकत अभियानले सफलता पाउन सक्छ ।

तर खुल्ला दिशा मुक्त घोषणा गरेर वजेट पचाउँने अभियानले खासै कार्यन्वयन हुदैन । घर नजिक शौचालय वनाउनु अघि झिसमिस उज्योलो हुन नपाउदै अर्काको वारी तथा खोल्साहरुमा दिसा वस्न जानु पर्ने वाध्यताले गुज्रीरहेका क्षेत्रहरुमा खुल्ला दिसामुक्त क्षेत्र वनाउने अभियानले उर्जा प्रदान गरेको देखिन्छ । तर चर्पी वनाई दिदै मात्र हिड्ने् हो भने निष्प्रभावी हुन सक्छ । यस विषयमा सरोकारवाला निकायले सोच्नु वाध्य हुनै पर्छ । खुल्ला ठाँउमा दिसापिसाव गर्दा दिसाका माध्यमवाट सर्ने रोगहरुको कारण स्वास्थ्यमा पार्दै आएको प्रभावलाई मध्यनजर गर्दै जिल्लामा खुल्ला दिसामुक्त क्षेत्र अभियान संचालनमा ल्याइएको हो ।

तर सुरुवातका चरणहरुमा विशेष गरी शिक्षा तथा स्वास्थ्यका विषयमा सामान्य ज्ञान समेत नभएका गााँउहरुमा सचेतनाका कार्यक्रमहरु संचालन गर्न समेत केही कठिन भएपनि विस्तारै सरसफाइ र खुल्ला दिसामूक्त क्षेत्रका विषयमा कोठे कार्यक्रम भन्दा पनि सर्वसाधारणलाई वुझाउन सक्नु पर्छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान लिएर अघि वढेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले विभिन्न साझेदार संस्थाहरुसंग समन्वयन गरेर करोडौ रुपैया अर्च गदै छ । तर संचेतनाका कार्यक्रय प्रभावकारी ढंगले नभैरहेको कारण तोकीएकै समय सिमामा पुर्णसरसफाई र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरीएपनि कार्यान्वय हुनेमा शंका छ । त्यस कारण सम्वन्धीत पक्षले समयमा नै ध्यान दिनु पर्ने देखिन्छ ।