https://www.youtube.com/watch?v=pagVl-ll9rQ&feature=youtu.be

सम्वृद्धिकालागी प्रविधिकोको बिकास अत्यत आवश्क रहेको, पुर्वाधारलाई मात्रै जोडदिएर राजनीतीमा भनिदै गरेको सम्वृद्धि रेलको एक लिग सरह रहेको बताउदै साच्चिनै सम्वृद्धि चाहने हो भने पुर्वाधार संगै प्रविधिकोे पनि बिकास गरी देशले व्यापार गर्नु पर्ने नेपाल राष्ट्रिय अाविश्कार केन्द्रका प्रमुख माहावीर पुनले बताउनु भयो  । बुधबार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरुले आयोजना गरेको ‘एक्स टेक स्टुडियो सिजन वान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । बिकासका लागी व्यापार महत्वपूर्ण भए पनि हाल देश आयात मुखी भएको र आयतमा पनि ९ खर्बको आयातमा ७ खर्ब रेमिटेन्सले एक्लैै धानीरहेको अबस्था बताउदै अब प्रयोग हुने कम्तीमा लोकल बजार सम्म बिक्री गर्न सकीने खाले कृषि औजार तथा सामाग्रीको खोजी तथा उत्पदन गरी कृषीमा आधुनीकीकरण गर्नु आबश्क रहेको बताउनु भयो । नेपालमै पनि बौद्धिक क्षमता भएकाहरु प्रसस्त रहेको तर राज्यले पहीचान गरी अवसर प्रदान गरी उनिहरुको बौद्धिक क्षमतालाई उत्पादन मुखी बनाउन नसकीरहेको भन्दै राष्ट्रिय आविस्कार केन्द्रले त्यस्त व्याक्तीहरुलाई जस्तो सुकै सहयोग गर्ने बताउनु भयो । विद्यार्थीहरुलाई चुनैती दिदै आफ्नै पालामा देश सवृद्ध भएको हेर्ने हो भने आफुले सिकेका कुराहरुको आजैबाट प्रयोगमा ल्याई बजार मुखी औजार तथा सामाग्रीको उत्पादन तथा खोजिमा लाग्न समेत सुझाव दिनुभयो । यसै क्रममा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले तयार पारेका स्मार्ट घरहरुको पनि अवलोकन गर्नुभएको थियो ।