प्राकृतिक रुपमा सुन्दर इलाम जिल्लाको सदरमुकाम समेत रहेको इलाम नगरपालिकाका जनप्रतिनिधी अहिले आगामी बर्षको बजेट निर्माण गर्न ब्यस्त रहेका छन् । कुल १७३ दशमलव ३२ बर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको इलामवासीको प्रमुख आयस्रोत पर्यटन ब्यवसाय हो । यसका अतिरिक्त नगदेवाली उत्पादनले पनि इलाम प्रख्यात रहेको छ । ७ ‘अ’ नाम दिएर इलामवासी नगदेवाली उत्पादनमा सक्रिय रहेका छन् । अलैंची, अम्लिसो, ओलन, आलु, अर्थाेडक्स चिया, अकबरे खोर्सानी र अदुवालाई इलामवासीले ७ अ नाम दिएर प्रमुख नगदेवालीका रुपमा उत्पादन गर्दै आएका छन् । २०१५ सालमा नगरपालिका भएको इलामले बिकासमा अन्य गाँउ र नगरपालिकाभन्दा अग्रणी स्थान हाँसिल गर्न सफल भएको छ । १२ वटा वडा रहेको सुन्दर नगरी इलामका मेयर सँग ब्लाष्ट टाइम्सले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

अहिले के मा ब्यस्त हुनुहुन्छ ? आगामी सालको बजेट निर्माण गर्न लागेका छौ त्यसको तयारी द्रुत गतिमा भइरहेको छ । यसमा नै हामी ब्यस्त रहेका छौं ।

इलाम नगरपालिकामा काम गर्न कतिको सजिलो छ ? इलाममा काम गर्न सहज छ । यहाँका नागरिकहरु, राजनीतिक दल र संघ संस्थाहरु सबै हामीसँग सहकार्य गरिरहनु भएको छ । अप्ठ्यारो छैन । हाम्रा आवश्यकता हरु अलि बढी नै छन् । स्रोत साधनको कमी रहेको छ । त्यो पुरा गर्न चै चुनौती रहेको हाम्रो बुझाई छ ।

बिकासका लागि समस्या र चुनौति के के छन् ? समस्या नभई बिकास हुँदैन । त्यसकारण समस्या नै छैन भन्ने हुँदैन । मैले अघि नै भनिसके, स्रोत साधन सिमित छन् आवश्यकता र चाहना असिमित छन् । चाहना उराल्ने काम पनि भइरहेको छ । आम नागरिकलाई हामीले परिवर्तन पछाडि अझ बढी उत्साहित र साँच्चै भन्नुपर्दाखेरी महत्वकांछी नै बनाइदिएका छौ । त्यसमै जुधिरहेको अवस्था छ । त्यही नै चै हाम्रो सबैभन्दा ठुलो समस्या हो । त्यसमा संघीय सरकार र ठुला नेताहरुले जनताको अपेक्षा र चाहनालाई उराल्दिनु भएको छ । उहाँहरुले भन्दिनु भयो, तल सरकार बनेको छ । सबै स्रोत साधन तलै छ ।यहाँ तपाँइहरु आउनै पर्दैन । सबै कुरो उतै छ । र सिंहदरबार चै गााउ गाँउमा पुगेको छ भन्दिुनु भएको छ । त्यो भनेको कुरालाई त आम नागरिकहरुले बुझिसकेपछि त त्यही तहको सुविधा, त्यही तहको सेवा र त्यही तहको बिकास खोजिरहेका छन् ।

भनेपछि सिंहदरवार गाँउमा आएको छैन ? सिंहदरबार त उतै अलमलिएको जस्तो लागेको छ मलाई । काठमाण्डौतिरै सिंहदरबार अलमलिइरहेको छ जस्तो अनुभुति भएको छ मलाई चै ।

नगरपालिका र यहाँका नागरिकको प्रमुख आयस्रोत चै के हो ? नगरपालिकाको आयस्रोतको कुरा गर्दा एकिकृत सम्पति कर, तयसपछि खानेपानी सञ्चालन, सरसफाइ शुल्क, सेवा सुविधा उपलब्ध गराएबापत पाउँने दस्तुरहरु भए यिनै हाम्रा आम्दानी हुन् । अब नागरिकको आम्दानीको कुरा भने चै कृषि, पर्यटन लगायतका छन् ।

कृषिलाई ब्यवसायिकिकरणका योजना के के रहेका छन् ? नगरपालिका भन्नाले चै के बुझ्नुपर्छ भने ग्रामिण अर्थतन्त्रमा रहेको जनजिवनलाई कसरी शहरीकरणमा लाने भन्ने नै नगरपालिकाको पहिलो धेय हो । त्यसैले हामी के चाहन्छौ भने अहिलेको हाम्रो देशको कृषिलाई हेर्दा के देखिन्छ भने कृषि निर्वाहमुखी चै अत्यान्त निर्वाहमुखी अझ निर्वाह नै हुन नसक्ने अवस्थाको रहेको छ । हामी के देख्छौं भने कृषिमा ७० प्रतिशत आम नागरिक लागेका छन् भन्ने तथ्याङक रहेको छ । त्यो ७० प्रतिशत कृषिमा लागेका नागरिकहरुको कृषि पेशा भनेको छदमभेषी पेशा हो । हाम्रो तथ्याङकले के भन्छ भने बर्षमा १ सय ५० दिन जम्मा चैने कृषिको पुर्णकालिन काम हो । अहिले हामो कृषकले त्यसको आधा मात्र काम गर्छ । मतलब ७५ दिन काम गर्छ । हाम्रो कृषकले एउटा बाख्रा चराउँछ, एउटा गोरु चराउँछ, त्यो पनि कृषि पेशाभित्रै छु भन्छ । त्यसलाई पनि कृषि पेशामै गणना हुन्छ ।त्यसले कुनै रोजगारी उत्पादन गर्दैन । त्यसैले मान्छे लागेका छन् लागेका मान्छेलाई पुर्णकालिन रोजगारी छैन । त्यसैले हाम्रो कृषिबाट उत्पादकत्व अत्यान्त कमजोर रहेको छ । हामी के चाहन्छौ भने, त्यो कृषिलाई ब्यवसायिकीकरण गर्ने र कृषिमा आत्मनिर्भर बनाउने अथवा त्यसमा अलमलिइरहेको जनशक्तिलाई अन्य रोजगारी, अन्य उद्योग, ब्यवसायमा कसरी रुपान्तरण गर्ने भन्ने अहिलेको आवश्यकताको बिषय हो ।

युवालाई कृषिमा आकर्षित गर्ने नगरपालिकाका योजनाहरु के के छन् ? इलाममा अलिकती फरक ढंगको कृषि ब्यवसाय चलिरहेको छ । हाम्रोमा परम्परागत रुपमा गरिएका बाली उत्पादनका प्रणालीहरु भन्दा पनि नगदेवालीमा बढी मान्छेहरु आकर्षित छन । र त्यसमै ठुलो संख्यामा मान्छेहरु इ्रन्गेज छन् । त्यसैले अब त्यसको प्रवर्दन कसरी गर्न सकिन्छ भन्ने कुरामा हामीले सोचिरहेका छौं । केही न केही हामीले रोजगारमुलक ढंगका र ब्यवसायिकीकरण गर्ने खालका योजनाहरु लिएर आउँछौं । युवालाई आकर्षित गर्ने कुरामा पनि त्यतिकै सचेत छौं ।

इलामको बिशेषता भनेको पर्यटन हो । पर्यटन प्रवद्धनका लागि के के गर्दै हुनुहुन्छ ? हामी प्रचारात्मक कामहरुमा पनि लागिरहेका छौं । हामीले भर्खरै मात्र पनि इलाम सदरमुकाम स्थापना भएको २ सय बर्ष मनाइसकेका छौं र हामीले त्यसलाई एकबर्षसम्म बिभिन्न क्रियाकलावहरु गरेर त्यो २ सय बर्षको अवसरलाई निरन्तरता दिन्छौं । र यसको समापन २०७५ चैत्र मसान्तमा गछौं भनेर हामीले काम गरिरहेका छौं । यो एउटा इलामको प्रसिद्धी, इलामको स्थापना र इलामबारे जानकारी दिने उद्देश्यबाट गरिएको कार्यक्रम हो । जसको उद्देश्य भनेको इलामको बिकासलाई कसरी अगाडी लान सकिन्छ र त्यसलाई पर्यटनसँग जोडेर कसरी समृद्धि हाँसिल गर्न सकिन्छ भन्ने कुरा नै हो । यही सन्दर्भलाई जोडेर हामीले उपराष्ट्रपतिलाई आमन्त्रण गरेर उहाँको प्रमुख आतिथ्यतामा तीनदिने एउटा महत्वपुर्ण कार्यक्रम सम्पन्न गरिसकेका छौ । त्यसको अतिरिक्त इलामको सौन्दर्यताको बजारिकण कसरी गर्न सकिन्छ, यसभित्र रहेका कुराहरुको सजावट, प्रकृतिले त दिएको छ, र त्यसलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ । प्राकृतिक रुपले सुन्दर भएका बेहुलीलाई तयसको श्रृङगार पटार कसरी गर्न सकिन्छ भन्ने हाम्रो अभियान रहेको छ । त्यो कुराहरुमा हामी लागि रहेका छौं । तेस्रो कुरा भनेको कनेक्टिभीटी हो । अहलिे हामी करीब करीब १ सय किलोमिटरको यात्रा तय गरेर लगभग ३ घण्डामा बिर्तामोडबाट इलाम आइपुग्छौं । तर त्यसलाई अझ छोट्याएर १ घण्टाको दुरी पार गर्दा इलाम कसरी आइपुगिन्छ भन्ने कुराको अध्ययन गरिरहेका छौं । त्यसको पुर्वाधारहरु तयार गरिरहेका छौं । त्यसको अतिरिक्त हाम्रो एयरपोर्टलाई कसरी अल वेदर गर्न सकिन्छ । दैनिक उडानहरु कसरी नियमित र गप गर्न सकिन्छ, बाह्य पर्यटकलाई कसरी भित्रयाउन सकिन्छ भनेर लागेका छौं । चौथो कुरा चैने इलामको पशुपतिनगरमा एउटा इमिग्रेशन अफिस राख्न सकियो भने त्यसका माध्यबाट पनि तेस्रो बिश्वका मान्छेहरुलाई इलामसम्म जोड्न सकिन्छ भन्ने कुराहरुमा लागेका छौं । अर्काे प्रयत्न चै सन्दकपुरमा आउने ठुलो संख्यामा भारतीय पर्यटक रहेका छन् । बिदेशी पर्यटकहरु पनि छन् त्यसलाई त इमिग्रेशन चाहिन्छ । सन्दकपुर गएका भारतीय पर्यटकलाई कसरी इलामसँग जोड्न सकिन्छ भन्ने योजना बनाउनु जरुरी रहेको छ । तयसमा हामी ध्यान केन्द्रित गरिरहेका छौं । त्यसलाई पनि रोड एक्सेसले जोडेर नजिक बनाउने गरी लागेका छौं । बिभिन्न गतिविधी सञ्चालन गरेका छौं । इलाम नगरपालिकाले पर्यटन प्रवर्दन गर्नका निमित्त इलाम नगरपालिकाको अन्तर्गत पर्यटन बोर्ड बनाउन लागेका छौं । तयसको लागि हामी ऐन पास गरिसकेका छौं र यो बजेट पछि त्यसलाई गठन गर्ने छौं र त्यसलाई कार्यान्वयन गर्ने छौं । पर्यटनका सवालमा यिनै गतिविधीहरु गरिरहेका छौं । स्थानीय तहले आवश्यकता अनुसार बिज्ञ समुह बनाउन सक्छन् । यस नगरले त्यस्तो कुनै टीम निर्माण गरेको छ ? विज्ञ समुह भनेर हामी त्यसलाई भन्दैनौ । बिज्ञता भनेको पनि एउटा सिमा हुन्छ । ज्ञान भन्ने कुरा चै धेरै जानेका छन् पढेका छन् भनने पनि नहुँदो रहेछ । सप्पै कुरा पढेर मात्र पनि नजानिदो रहेछ । र बिज्ञताको टोली भनिएको छैन । हामीले के गरेका छौ भने बिविध क्षेत्रहरुलाई भने हामी कार्यानवयन गर्नका निम्ति, क्रियाशिल गर्नका निम्ति यहाँनिर पर्यटन, संगित, कला, साहित्य लगायतका टीमहरु जो क्रियाशिल हुनुहुन्छ उहाँहरुलाई अझ बढी क्रियाशिल र संगठित रुपबाट सञ्चालन गर्नका निम्ति समितिहरु निर्माण गर्ने । त्यसको लागि हामीले कानुनहरु बनाइसकेका छौं ।

चुनावअघि गरेका प्रतिबद्धताहरु पुरा होलान् ? कति प्रतिबद्धता हालसम्म पुरा गर्नु भयो ? अहिले हामीले काम गरेका भनेको २० प्रतिशत समय र २० प्रतिशत बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेका छौं । त्यसैले हाम्रा प्रतिबद्धताहरु शतप्रतिशत कार्यान्वयन भए भन्ने नै कुरा भएन । २० प्रतिशत कार्यानवयन हुनुपर्ने हो । तर, मलाई के लाग्छ भने हामीले शुरुवात गरेका छौ धेरैवटा कुराहरु । त्यो प्रतिवद्धतापत्रभित्र लेखेका छौ । जस्तै ५ हजार रुपैंयाँ सुत्केरी भत्ता दिने भनेका थियौं । अब त्यसलाई पहिलो बर्षदेखि नै कार्यान्वयनमा लगेका छौं । हरेक वडामा एउटा नमुना स्कुल निर्माण गर्छाैं भनेका थियौ । त्यौ चै १२ वटै वडामा हामीले शुरुवात गरेका छौं । त्यसको अतिरिक्त एउटा वडामा एउटा खेल मैदान बनाउने भनेका थियौं, अहिले हामीले तीनवटा वडामा खेल मैदान निर्माण गर्ने कुराको शुरुवात गर्न लागेका छौं । त्यसको अतिरिक्त हामीले हरेक वडामा एउटा स्वास्थ्य चौकी स्थापना गर्छाैं भनेका छौं । त्यो स्वास्थ्य चौकी निर्माण गर्ने कुरामा हामीसँग तीनवटा वडामा मात्र स्वास्थ्य चौकीहरु छैनन् । यो बर्ष हामीले त्यसलाई कार्यान्वयन गर्ने कुरामा लागेका छौं र सकभर यो बर्ष हामी दुइवटा (बाँकी रहेका तीन मध्ये) दुइटामा स्वास्थ्य केन्द्र उपकेन्द्रहरु निर्माण गर्ने कुरा पुरा हुन्छ । त्यसको अतिरिक्त हामीले अलवेदर बाटाले सबै वडाहरुलाई जोड्छौं भनेका थियौ । हामी लाग्छौं । अभियान निरन्तर रहेको छ । हामी सफल हुनेछौं भन्ने लागेको छ ।

बजेट आउन लागेको छ । यसबर्षको बजेटका प्राथमिकताहरु के के छन् ? अहिलेको इलामको आवश्यकता र माग भनेको कनेक्टिभिटी नै हो । रोड एक्सेस नै हो । पुर्वाधार नै हो । ति पुर्वाधारको माध्यमबाट मात्र हाम्रो पर्यटन, हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो ब्यवसायिक जनजिवनले ठाँउ पाउने रहेछ । त्यसकारण पनि हामीले खास महत्व कनेक्टिभिटीलाई नै दिएका छौं ।