सुनसरी । प्रहरीले सुनसरीको ईटहरी ४ हलगढाबाट दुई किलो लागुऔषध गाँजासहित मंगलबार एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालयको टोलीले ईटहरी ४ बस्ने ३० वर्षीय सुरेश कोईरालाको घरबाट दुई किलो चार सय तीस ग्राम गाँजा र १५ पिस नाइट्रोसन ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिएको हो।

कोइरालाको घरमा लागुपदार्थ बेचबिखन हुने गरेको भन्ने विशेष सुचना पाएपछि मंगलबार बिहान सादा पोशाकका प्रहरीले घर तलाशी गर्दा लुकाई राखेको अवस्थामा सो लागुऔषध बरामद भएको थियो।

बरामद लागुपदार्थसहित कोइरालालाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।

यसैगरी प्रहरीले ताप्लेजुङको फुङ्लिङ नगरपालिका ५ मा गाँजा फडानी गरेको छ।

फुङलिङ ५ स्थित सदरमुकाम-सुकेटार सडक खण्ड किनारमा उम्रिएको करिब डेढ सय बोट गाँजा मंगलबार जिल्ला प्रहरी कार्यालयको टोलीले फडानी गरेका हुन।