सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ८ तिनकुनेबाट प्रहरीले मंगलबार साँझ लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएका रन्जित मल्लिक र समिर खान रहेका छन । उनीहरुको साथबाट १८० पिस नाइट्रोसन ट्याब्लेट, कोरेक्स १ बोतल र स्पासमोप्रोक्सिवन क्याप्सुल १० पिस बरामद भएको छ।

दुबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।