अपेक्षा धेरै, लगानी शून्य

देशको खेलकुद हाँक्ने धरानले पुरानो अवस्थामा फर्किन पूर्वाधार र खेलाडीमा लगानी बढाउन आवश्यक छ ।

भाेजराज श्रेष्ठ

धरान । २०१३ सालमा ब्रिटिस क्याम्पको आगमनसँगै धरानमा नयाँ–नयाँ खेलहरू भित्रिए । त्यसको नेतृत्व प्रारम्भिक चरणमा ब्रिटिस क्याम्पमा बस्ने ‘गोरा’ हरुले नै गरे । तर बिस्तारैत्यसमा स्थानीयको पनि पहुँच बढ्दै गयो ।
सानोबललाई हरेक बिहान–बेलुका काठको लौरोले हानेको देख्ने देवराज पाखिन त्यस खेलप्रति आकर्षित भए । उनी गोराहरुले मजा मानीमानी खेलेको देख्थे । कहिलेकाहीँ गोराले बेस्सरी हान्दा सानो बल हराउँथ्यो । त्यो सानो बल खोजेर उनी जम्मा गर्थे अनि गाउँभरिका साथी मिलेर गोराले जसरी हान्छन्, त्यसरी नै हान्थे । गोराले हान्ने जस्तै काठको लौरो हुन्थ्यो उनीहरुसँग पनि । गोराले खेलिसकेपछि साँझमा लुकिचोरी एकदुई होल खेलिहाल्थे पनि । धेरै पछि मात्र उनले त्यो खेलको नाम ‘गल्फ’ रहेछ भन्ने थाहा पाए । त्यो काठको लीलाई ‘उड, आइरन र पटर’ भनिँदो रहेछ भन्ने थाहा पाए । सानो बललाई ‘गल्फ बल’ ।
हाइलाइट–ब्रिटिसले सन् १९६२ मै बनाइदिएको गल्फ कोर्ष छ । गल्फका लागि ब्रिटिसले बनाइदिएको पूर्वाधार नै धरानको लागि पर्याप्त छ । त्यसको संरक्षण र सम्वद्र्धनसँगै खेलाडी उत्पादन पनि आवश्यक छ ।

१३ वर्षको उमेरदेखि लुकिचोरी गल्फ खेलेका पाख्रिनले गल्फ कोर्षमा प्रवेश पाएको सन् १९९४ देखि मात्रै हो । तत्कालीन समयमा गोराहरुले ब्रिटिस क्याम्प छाडेपछि नै नेपालीले प्रवेश पाउन थालेका हुन् । लुकिचोरी खेलेका अवकासप्राप्त ब्रिटिस आर्मीकै छोरा उनी सन् १९९९ मा मात्रै व्यावसायिक (प्रो.) गल्फर बने । उनीजस्ता धरानमा ६ जना गल्फरहरु प्रोफेसनल बनिसकेका छन् । अन्य त्यस क्रममा छन् । धरानमा एमेच्योर अर्थात् शौखिन गल्फर झण्डै तीसको हाराहारीमा छन् । ब्रिटिसले सन् १९६२ मै बनाइदिएको गल्फ कोर्ष छ । गल्फका लागि ब्रिटिसले बनाइदिएको पूर्वाधार नै धरानको लागि पर्याप्त छ । त्यसको संरक्षण र सम्वद्र्धन आवश्यक छ । खेलाडी उत्पादन पनि आवश्यक छ । यहाँ अहिले लगानी शून्य छ । ‘अहिले जति छन्, त्यो आफ्नै बलबुतामा यहाँसम्म आएका छौं ।’ पाख्रिन भन्छन् । धेरैजसो गोराको गल्फका सामग्री बोक्ने क्याडीब्वाई हुँदै प्रो. गल्फरहरु बनेका छन् । रिठे सापकोटा त्यसैका उपज हुन् । हाल उनी जर्मनीमा गल्फका मास्टर (गुरू) का रूपमा कार्यरत छन् ।

भाेजराज श्रेष्ठ

गल्फमात्रै हैन, बास्केटबलको उत्पादन थलो पनि धरान नै हो । त्यसको जग पनि ब्रिटिसले नै खनिदिएका हुन् । नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा भन्छन्(‘ब्रिटिसहरु रमाइलोका लागि खेल्थे । त्यो देखेर धेरै धरानेले सिके, हामीले पनि सिक्यौं ।’ यसैबाट सुरु भएको बास्केटबल अहिले देशभरि छाएको छ । यसलाई थप पुष्टि गर्दै अवकासप्राप्त ब्रिटिस आर्मी अक्कलबहादुर मेन्याङ्बो भन्छन्,–‘गल्फ, बास्केटबल, भलिबल उनीहरुले मात्रै खेल्थे ।’ तत्कालीन समयमा चार दर्जनको हाराहारीमा खेलाडी थिए । ‘नेशनल गेम हँुदैनथ्यो । यहीँ क्लब गेम खेलेर चित्त बुझाइन्थ्यो ।’ लामा थप्छन् । २०४५ सालमा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा क्लबस्तरीय बास्केटबल प्रतियोगिता पहिलोपटक भएको उनको सम्झनामा अहिले पनि ताजै छ जहाँ सातवटा क्लब सहभागी बनेका थिए । अहिले धरानबाट २ जना राष्ट्रिय खेलाडी छन् ।

धरानको आधुनिक खेलकुदको जग ब्रिटिस क्याम्प नै हो । फुटबलको विकासमा पनि ब्रिटिस क्याम्पमा काम गर्ने भारतीय नागरिक सोलङ्कीको महŒवपूर्ण भूमिका रहेको २०३१ सालमा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रहेका इन्द्र श्रेष्ठको दाबी छ । तिनै सोलङ्कीले धरानबाट खेलाडी भेला गरेर भारतका विभिन्न क्लबसँग प्रतिस्पर्धा गराउँथे । ‘फुटबललाई बचाउने काम उनले गरेका थिए ।’ श्रेष्ठ स्मरण गर्छन्,–‘यो २०२४ सालको कुरा हो ।’
कुनै समय फुटबलमा ज्यादै चर्चित ठाउँ हो धरान । श्रेष्ठकै व्यवस्थापकीय जिम्मेवारीमा २०२६ सालमा पहिलोपटक धरानले त्रिभुवन च्यालेन्जसीप नकआउट टुर्नामेन्ट उपाधि जितेको थियो । धरानले कोशी अञ्चलको नेतृत्व गथ्र्यो । तत्कालीन समयमा उत्कृष्ट खेलाडी पनि धरानको क्लबमा अटाउन मुस्किल पर्ने पूर्वराष्टिूय प्रशिक्षक तथा खेलाडी राजुकाजी शाक्यको अनुभव छ । ‘म नै त्यो बेला धरान–११ को क्लबमा नअटाएर कोशीबाट फुटबल खेल्थेँ ।’ उनी विगत यसरी सम्झन्छन्,–‘त्यतिकै धरानलाई मिनी ब्राजिल भनिएको हैन ।’ त्यो बेला ६–७ जना खेलाडीहरू राष्ट्रिय खेलाडी बनेका थिए । अहिले त्यो संख्या २–३ जनामा सिमित छन् ।

तीसदेखि चालीसकको दशकसम्म धरानको फुटबल देशमै परिचित थियो । धरानको क्लब भन्ने बित्तिकै काठमाडौं पनि डराउने गरेको अनुभव प्रशिक्षक शाक्यसँग छ । देशमा चिनिने धरानको फुटबललाई ‘बुढासुब्बा गोल्डकप’ ले मलजल गरेको उनको अनुभव छ । तर उनका अनुसार खेल मैदानहरु कम हुँदै गए । खेल मैदान नभएपछि अभ्यास कम हुन थाल्यो । भनेजस्तो खेलाडी उत्पादन हुन छाडे ।’

खेलकुदमा सितेरियो कराते पनि धरानले नै जन्मायो । ३६ को दशकमा धरानमा सिङ्गापुर पुलिसबाट अवकासप्राप्त थानेश्वर राईले भित्र्याएको करातेले देशविदेशबाट ‘गोल्डमेडल’ जितिरहेको छ । ‘तर धरानले जन्माएको खेल अहिले काठमाडौंको मात्रै हो कि क्या हो जस्तो भएको छ ।’ राष्ट्रिय प्रशिक्षक दीपेश शाक्य (मुकेश) भन्छन्,–‘दुःख लाग्छ, एकातिर जन्मेर अर्कोले लीड गरेको छ ।’ २०३६ को दशकमा यो खेललाई गैरकानुनी मानिन्थ्यो । भूमिगत प्रशिक्षण लिनेमध्येका दीपेश, महेशकुमार श्रेष्ठ, हेम पुनलगायत करातेले चिनाएका पात्र हुन् । ‘त्यो बेला लुकीलुकी खेल्नुपथ्र्यो ।’ महेशकुमार विगत सम्झन्छन्,–‘अहिले त्यो वातावरण रहेन ।’

पूर्वाधारमा लगानी
फुटबल पत्रकार घिसिङका अनुसार खेलाडी उत्पादन गर्ने हो भने पूर्वाधार पहिलो शर्त हो । भन्छन्,–‘फुटबल मैदान पनि छैन, व्यवस्थापन पनि राम्रो भएन भने खेलाडी उत्पादन हुँदैनन् । ग्राउन्ड पनि राम्रो भयो भने खेलाडी उत्पादन भइहाल्छ । प्रतियोगिता धेरै हुनुपर्छ । खेल्ने ठाउँ भएपछि प्रतियोगिता हुन्छ । प्रतियोगिता भयो भने खेलाडी उत्पादन हुन्छ ।’ विगतमा हरेक टोलका एउटा टिम हुन्थे । हरेक टोलमा खेल मैदान हुन्थ्यो । अहिले सीमित खेल मैदान छन्, त्यसमा पनि खेलकुद मैदान बिगारिएको अवस्था छ ।

हाइलाइट प्रशिक्षक राजुकाजी शाक्यको सोच पनि पत्रकार घिसिङसँग मिल्छ । भन्छन्–‘खेलाडी उत्पादन गर्नका लागि मैदान बनाउनु प¥यो । फुटबलको इन्भारोमेन्ट बनाउनुप¥यो ।’ पूर्वाधार तथा खेलाडीमा लगानी नगरी प्रतिफल खोज्नु मूर्खताबाहेक केही नहुने उनीहरुको तर्क छ ।
खेल विकासका लागि पूर्वाधार पहिलो विकल्प रहेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष लामाको तर्क छ । ‘धरानबाटै सुरुआत भएको हिसाबले बास्केटबलको नेतृत्व धरानले गर्नुपर्ने हो ।’ उनी भन्छन्,–‘अहिले हामी ओझेलमा परेका जस्ता छौं । एकदुईजना राष्ट्रिय खेलाडी मात्रै हामीसँग छन् ।’

खेलाडी, प्रशिक्षक तथा खेलसम्बन्धी चासो राख्नेहरूको साझा मुद्दा पूर्वाधार हुने गरेको छ । र स्थानीय सरकार धरान उपमहानगरले पनि पूर्वाधारमा लगानी गरिरहेको दाबी गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा खेलकुदका लागि एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएमध्ये ६० लाख रुपैयाँ पूर्वाधारमा खर्चिएको दाबी उमनपाले गरेको छ । धरान उपमहानगरस्तरीय खेलकुद विकास समितिका संयोजक सुवास राई भन्छन्,–‘हामीले पूर्वाधारमा ६० लाख रुपैयाँ लगानी गरेका छौँ ।’

समितिको प्रतिवेदनमा धरान–४ को पत्रङबारी फुटबल मैदानको स्तरोन्नतिमा ८ लाख, धरान–६ को बाजिपा फुटबल चौरी स्तरोन्नतिमा ३

 

लाख, रायचौधरी बलिबल कोर्ट निर्माणमा ५० हजार, धरान–११ सेतोगुँरास बालविकास केन्द्रको खेल मैदान घेराबारामा ३ लाख, धरान–१५ खोरियाबस्तीको क्रिकेट मैदान स्तरोन्नतिमा ९ लाख ५० हजार, धरान–१७ पटनाली फुटबल मैदान स्तरोन्नतिमा ३ लाख, धरान–२० को स्वारा खेल मैदान निर्माणमा १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख छ । त्यस्तै विद्यालयस्तरमा शहीद स्मृति मावि, सत्यसाई स्कुल, भालढुङ्गा माविमा बास्केटबल, भलिबल, ब्याडमिन्टन र सेपाक ट्याक्रोका लागि कुल २६ लाख रुपैयाँ दिइएको संयोजक राई बताउँछन् ।

स्कुलस्तरबाटै खेलाडीमा लगानी
खेलकुद विकास समितिका संयोजक राई आफै पनि अबको लगानी स्कुल तथा कलेजस्तरबाटै हुनुपर्ने स्वीर्काछन् । ‘लङ टर्म भिजनका लागि खेलकुदलाई स्कुलस्तरमै लग्न सकेनौं भने भनेजस्तो खेलाडी उत्पादन गर्न सक्दैनौं । तामझाम गरेर केही फाइदा छैन ।’ उनी स्वीकारोक्तिको भाषामा भन्छन्,–‘प्राथमिकीकरणमा स्कुललाई नै राखेका छौँ ।’

त्यही तयारीस्वरुप आव २०७४÷०७५ मा चारवटा सामुदायिक स्कुलमा पूर्वाधारमा लगानी गरेको उनी बताउँछन् । कराँतेका प्रशिक्षक शाक्य भौतिक पूर्वाधारमा मात्रै नभई खेलाडीलाई समयानकूल सुविधा दिँदै जानुपर्ने तर्क गर्छन् । धरानको साख जोगाउने यस्ता खेल तथा खेलाडीमा बढीभन्दा बढी लगानी गर्नुपर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई बताउँछन् । उनी भन्छन्,–‘दक्षिण एशिया तथा ओलम्पिकसम्म प्रतिस्पर्धा गर्ने सम्भावना भएका खेलहरुलाई वर्गीकरण गरेर लगानी गर्नुपर्छ । लोप हुँदै गइरहेका खेलमा पनि लगानी बढाउनुपर्छ ।’

स्कुल, कलेजबाट खेलाडीहरु उत्पादन गर्न सके मात्रै खेलाडी र खेलमा धरानले पुनरागमन गर्न सक्छ । त्यसका लागि कुनकुन खेलमा सम्भावना छ । त्यसलाई नीतिगत रुपमा नगरले जोड दिनुपर्छ । ‘दूरगामी खेलकुदका लागि राष्टूलाई योगदान दिने खेलाडी उत्पादनमा नगर लाग्नुपर्छ ।’ एन्फा मानार्थ उपाध्यक्ष राईको तर्क छ,–‘खेलकर्मीलाई व्यावसायिक बनाउने कुराहरु गर्नुपर्छ ।’ बास्केटबलका उपाध्यक्ष लामा स्कुल तथा कलेजमा लगानी नगरी खेलकुदको सम्भावना न्यून रहेको देख्छन् । भौतिक पूर्वाधारसँगै खेलाडीलाई प्रशिक्षण, प्रशिक्षकलाई प्रशिक्षण र प्राविधिकलाई प्रशिक्षणको पनि आवश्यकता रहेको उनको बुझाइ छ ।

स्पष्ट भिजन आवश्यक
कतिपय खेलको जग बसालेको धरानले अब ‘स्पष्ट भिजन’ तयार नगरी धरै छैन । पूर्वाधार तथा खेलाडीमा लगानी गरेर मात्रै पुग्दैन । त्यसको नियमन र अनुगमन बारम्बार हुनुपर्छ । पूर्वउपाध्यक्ष इन्द्र श्रेष्ठ थप्छन्,–‘खेलाडीहरु आफ्नै बलबुताले अगाडि बढिरहेका छन् । उनीहरुलाई कसरी प्रोत्साहित गर्न सकिन्छ । त्यसका लागि ठोस योजना र नीति बनाउनुपर्छ ।’

हरेक काम गर्न व्यक्तिगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर खेलको विकासमा लाग्नुपर्ने तर्क उनको छ । ‘यति वर्षमा हामी योयो गर्छौ भन्ने दूरगामी नीतिहरु ल्याउन सक्नुप¥यो ।’ एन्फा मानार्थ उपाध्यक्ष राई थप्छन्,–‘स्पष्ट भिजनसहित आउनुपर्छ ।’ त्यसका लागि धरानका पुराना खेलाडी, नयाँ खेलाडीहरुलाई भेला गरेर के(के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन जरुरी भइसकेको छ । बास्केटबलका उपाध्यक्ष लामा भन्छन्,–‘लगानी गरेपछि अनुगमन गरिरहनुपर्छ । केके एक्टिभिटिज गरेको छ । त्यसको निगरानी सम्बन्धित समितिले गर्नुपर्छ ।’

खेलकुद विकास समिति संयोजक राई खेलकुद नीति बनाउन विज्ञसँग सुझाव लिएर प्रतिवेदन तयार गरेको बताउँछन् । उनी भन्छन्,–‘अब के गर्नुपर्छ भन्ने हामीले बुझेका छौँ । अहिले धरानमा उत्पादित स्वयम्सेवक प्रशिक्षकलाई पनि सर्भिस दिने सोचमा छौँ ।’ सम्भावना बोकेका ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसू, तेक्वान्दो, बास्केटबल, पूmटबलमा लगानीसँगै पाँचवर्षे योजना निर्माण गर्न लागिरहेको उनी बताउँछन् । विगतको अनुपातमा पूmटबलमा १० प्रतिशत पनि खेलाडी उत्पादन नभएको स्वीकार्दै उनी थप्छन्,–‘१९८० को वल्र्डकपपछि पूmटबलमा जुन प्रभाव प¥यो । अहिले त्यो हुन नसकेको पक्कै हो ।’ त्यसका लागि स्थानीय सरकारसँग खेलकुदका लागि आगामी आर्थिक वर्ष २०७५÷०७६ मा डेढ करोड बजेट विनियोजन गर्न आग्रह गरिरहेका छौँ ।
पत्रकार घिसिङ थप्छन्,–‘नगरले निजी क्षेत्रसँग साझेदारी गरेर टुर्नामेन्टहरू खेलाउनुपर्छ । त्यसपछि खेलाडीले राम्रो भाउ पाउँछ । पलायन हुँदैनन् । विकल्प भएपछि किन खेलाडी अर्को क्षेत्रमा जान्छ र ?’ स्थानीय सरकारले लगानी गर्ने हो भने धरान पुरानै स्थितिमा फर्किने विश्वास पत्रकार घिसिङलाई छ ।

ताजा अपडेट