संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा निर्माणधिन रहेको सुरुङमा गत शुक्रबार राती पहिरो खस्दा चार कामदार बेपत्ता भएका थिए । तर त्यसको भोलि पल्ट फ्याक्सिन्दा सुरुङ पहिरोमा परि दुई नेपाली र दुई भारतीय नागरिक मृत्यु भएको समाचार केही सञ्चार माध्ययमहरुले प्रकाशन र प्रशारण गरे । संखुवासभाको मकालु गाँउपालिका ५ मा निमाणकार्य भइरहेको राष्ट्रिय गौरवको आयोजनामा भएका योे विषय पछिल्लो समय संखुवासभामा त्यसकै चर्चा परिचर्चा चलिरहेको छ । सुरुङमा फसेका कामदारको घटनाले केही सञ्चार माध्यम बिवादित बनेका छन् । सुरुङमा पुरिएकाहरुको मृत्यु भएको भनेर समाचार लेखिएपछि उनीहरु बिवादित बनेका हुन् ।

केही अनलाईन तथा छापाका सञ्चार माध्ययमहरुले यस्तो समाचार प्रकाशन र प्रसारण गरेका थिए । उनीहरुको मृत्यु नभई सकुशल उद्धार गरिएको समाचार आए लगत्तै उज्यालो नेटवर्कले सार्वजनिक माफी मागेको छ भने अरु सञ्चार माध्यमहरु चुपचाप बसेका छन् । सञ्चार संस्थाहरुसँगै यतिबेला संखुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारुमगर पनि चर्चाको विषय बन्न पुगेको छन् । प्रकाशित समाचारहरुमा मरेको भनेर डिएसपीलाई श्रोत उल्लेख गरिएको छ । तर डिएसपी मगरले कुनै पनि पत्रकारहरुलाई मरेको भनेर नभनेको दाबी गरेका छन् । अहिले विभिन्न सञ्चार माध्ययममा मैले नभनेको कुरा आईरहनु दुखद रहेको डिएसपी मगरको भनाई छ । त्यस घटनाको खण्डन गर्दे जिल्ला प्रहरी कार्यालय संखुवासभाले एक बिज्ञप्ती निकाल्दै गलत समाचार सम्प्रेषण गरिनु आपत्ती जनक भएको बताइएको छ । सुरुङमा फसेका कामदारको मृत्यु भएको गलत सम्प्रेषणमा ध्यानआर्कषण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । तर चार जनाको मृत्यु भएको खबर जिल्ला प्रहरी कार्यालयको आधिकारिक फेसबूक पेजले समेत सेयर गरेको छ । उक्त समाचार प्रती जानकारी लिदा आफुलाई थाहा नभएको र आबश्यक छानबिन पछि सम्बन्धित ब्यक्तिलाई कारबाही गर्ने मगरले बताए । सञ्चार माध्ययमहरुको गलत सम्प्रेषणले कालिकोटकी प्रदिप शाहीकी आमा माङ्ली शाही अझै अचेत अवस्थामा भएको प्रदिपले बताए । घटनाको प्रकृति र बास्तविकता राम्रोसँग नबुझी समाचर लेख्दा गलत खबर बाहिरीएकोमा उनले दुखेसो गरे । उनले भने गलत समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई कानुनी दायरामा ल्याउन माग गरे ।