विराटनगर । सुनसरी मोरङ – सिचाइ योजनाले खोलाको पानी संचित गरी पाँच किलोमिटरको बैकल्पिक नहर बनाउन ठूलो धन राशी खर्च गरेको पाइएको छ । मोरङको बेलबारी नगरपालिका पर्ने लोहन्द्रा खोलाको पानी संचित गरी पाँच किलोमिटर नहर निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ खर्च गरेको हो । चतराको मूल नहरबाट ल्याएको पानी बेलबारी र ग्राथान जोड्ने लोहन्द्रा खोलाको पुल गत साउनको २८ गते अविरल वर्षासँगै आएको बाढीले भत्किएपछि सुनसरी – मोरङ सिचाइ योजनाले बैकल्पिक रुपमा नहर निर्माण गर्न ढेड करोड लागतमा नहर निर्माण गर्दै आएको सिचाई योजना प्रमुख हरीराम श्रेष्ठले बताए । ‘गत वर्षको साउनमा आएको बाढीले लोहन्द्रा खोलाको पुल नै भत्कियो,’ सुनसरी मोरङ सिचाई योजनाको प्रमुख श्रेष्ठले भने, ‘कृषकलाई तत्काल सिचाईको लागि पानी उपलब्ध गराउन लोहन्द्रा खोलाको बाध निर्माण गर्दै आएका छौं ।’ सिचाई योजनाले बेलबारी – ३ मा पर्ने लोहन्द्रा खोलामा बाध निर्माण गरेको छ । बाध निर्माण गरेको ठाउँमा अहिले धमाधाम कामहरु भइरहेको योजना प्रमखु श्रेष्ठले जानकारी दिए । बाध निर्माण गरी नहरतर्फ जाने मुल गेटमा अहिले कङकिट प्रयोग गरी फलामको गेट प्रयोग गरिएको छ । निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ,’ श्रेष्ठले भने, ‘अबको एक सातामा पुरै काम सकेर किसानलाई सिचाइको लागि पानी उपलब्ध गराउनेछौं ।’ उनका अनुसार स्थायी रुपमै अब यो नहरबाट किसानलाई सिचाई सुविधा पु¥याउने लक्ष्य रहेको जानकारी दिए । नाम नबताउने सर्तमा एक जना किसानले दिएको जानकारी अनुसार ढेड करोड मध्धे नहर निमार्ण गर्न आधा मात्र रकम खर्च भएको बताए । परियोजना हेर्ने इन्जीनियर र उपभोक्ता समितिका केही सदस्य मिलेर आधा रकम हिनामिना गरेकोे ती किसानले आरोप लगाए । नहर निमार्ण गर्न सिचाई योजनाले स्थानिय उपभोक्तलाई दिएको छ । सिचाई योजनाले बेलबारी ३ मा पर्ने लोहन्द्रा खोलाको बाध निमार्ण गरी पाँच किलो मिटर तल बेलबारी ५ नम्बर वडामा पर्ने साविकको सुनसरी मोरङ सिचाई योजनाको नहरमा पानी ल्याउने भएको छ । प्रराम्भीक चरणको लागि केही दिन अगाडी लोहन्द्रा खोलाको पानी नहरमार्फत समेत ल्याएर किसानले सिचाई गरेकोे बताइएको छ । लोहन्द्रा खोलाको पुलदेखी पूर्वका रन्जनी, झमनपुर, आमझोडा, चिसाङ, केरौनलगायतका किसानले १३ हजार ३ सय हेक्टरमा सिचाई हुँदै आएको सुनसरी मोरङ सिचाई योजनाले जानकारी दिएको छ ।