वि.सं. २०७५ साल असार ६ गते। बुधबार। इश्वी सन् २०१८ जुन २० तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, ९:५४ बजेउप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। मध्याह्नदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले आँटेको काममा पछि परिनेछ। लाभांश अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। मध्याह्नदेखि भाग्यले विभिन्न अवसर भने जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। धेरै समय अरूको काममा जुट्नुपर्ला। प्रतीक्षित नतिजा केही कमजोर बन्नाले काम दोहोर्याउनुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि भने परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ काममा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) हतारको निर्णयले अप्ठ्यारो पर्नेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। मध्याह्नदेखि अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेत गर्दा सामान्य फाइदा हुनेछ तर आफन्तको भरपर्दा धोका हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। दिउँसोदेखि परिस्थितिवश आँटेको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। पछिको फाइदाका लागि केही त्याग पनि गर्नुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ। तर, विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ला । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। (नेपाली पात्रो)