पानवारी ,ब्लाष्ट । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरुले आज –बुधबार) ‘एक्स टेक स्टुडियो सिजन वान’ कार्यक्रम गर्ने भएका छन् । पूर्वाञ्चल क्याम्पस स्थित इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ स्टुडेन्टस् सोसाइटीले राष्ट्रिय आविष्कार केन्द्र नेपालका कार्यकारी प्रमुख महाविर पुनसँग छलफल गर्नेछन् । वायरलेस प्रविधिबाट नेपालको ग्रामिण क्षेत्रमा सूचना प्रवाह गरी इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन एशियाको नोबेल पुरस्कार भनेर चिनिने रोमन म्याग्सेसे अवार्ड जित्ने पहिलो नेपाली हुन् । पुनले सूचना तथा प्रबिधी मार्फत देश विकासका सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना समेत गरिसकेका छन् । कार्यक्रममा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस इलेक्ट्रानिक विषयमा अध्ययनरत विद्यार्थीहरुको विभिन्न समुहबीच स्मार्ट कोठा बनाउने प्रतियोगिता प्रदर्शनि समेत गरिने भएको छ । प्रतियोगितामा जुन समुहले उत्कृष्ट स्मार्ट कोठा बनाउँछ सोही समुहलाई विजयी घोषणा गरी पुरस्कृत समेत गरिने सोसाइटीले सोमबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाएको स्मार्ट कोठा व्यवहार उपयोगी हुने र प्रयोगको लागी सोसाइटीको कार्यालयमा स्मार्ट कोठा बनाइने भन्दै सोसाइटीका अध्यक्ष बैकुण्ठ आचार्यले स्मार्ट कोठामा इन्टरनेटको प्रयोग गरी मोबाइलबाट नै कोठामा भएका पंखा, फ्रिज, टेलिभिजन जस्ता इलेक्ट्रोनिक्स सामानहरु नियन्त्रण गर्न सकिने बताए ।