धनकुटा(ब्लाष्ट) । धनकुटाको प्रसिद्ध निशानभगवतीमन्दिरको आन्तरिक व्यावस्थापनमा सहयोग पुर्याउने उदेश्यले गएको जेष्ठ २ गते देखी १० सम्म संचालनगरिएको श्रीमद देवीभागत पुराण नवाह महायज्ञवाट ४२ लाख, १५ हजार, ७ सय ७ रुपयाँ संकलनभएको छ । श्रीमद देवीभागवत पुराण नवहा महायज्ञ मुल समारोह समिति, धनकुटाले शुक्रवार पत्रकार सम्मेलन मार्फत महापुराणको प्रतिवेदन सार्वजनिकगर्दै यस्तो जानकारी गराएको हो । प्रतिवेदनमा उठ्न वाँकी रकम १ लाख, ६० हजार बाहेक, जम्मा ४२ लाख, १५ हजार, ७ सय ७ रुपयाँ ९९ पैसा रकम संकलनभएको उल्लेख छ । संकलनभएको रकममध्ये कुलभुक्तानी १७लाख, २७हजार, ७ सय ९६ रुपयाँमध्ये २ लाख, ५४ हजार, ३ सय ३० स्थायीजिन्सी समानखरिद गरिएको हुँदावास्ताविकखर्च भने १४ लाख, ७३ हजार, ६ सय ४५ भएको प्रतिवेदनमाउल्लेख छ । पत्रकार सम्मेलनमा उठ्न वाँकी रहेको रकमनिशानभगवतीको खातामा सोझै जम्मा भै संस्थालाई प्राप्तहुने वताइएको छ । निशानभगवतीमन्दिरको व्यावस्थापनको लागीपहिले देखी नै अचलकोषमा १० लाख रुपयाँमौजाद नै थियो । नवाहमहापुरणवाट खर्च घटाई २५ लाखभन्दा वढी रकमथपगर्न सकिने भएकाले अवउप्रान्तनिशानभगवतीमन्दिरको अचलकोष ३५ लाखहुने वताइएको छ । पत्रकार सम्मेलनमावितरित प्रेश नोटमा महायज्ञलाई सार्थक वनाउन सहयोग गर्ने मुल समारोह समिति, उपसमिति, संरक्षक एवं संयोजन सहयोगीप्रमुख सेनानीयूवराज केसी, वरखगण सल्लेरीका सकलदर्जा, जगतगुरु, महामण्डलेश्वरस्वामीगिरीराजमहाराज, का.मु.प्रधानसेनापती, प्रदेश प्रमुख, पुर्वि पृतना इटहरी, श्री नं.२ वाहिनीहिले, संचारकर्मी लगायत सम्पुर्ण सहयोगी संघ, संस्थाएवं व्यक्तिलाई सहयोग, सदभाव र समर्थन प्रतिआभार प्रकट गरिएको छ । महायज्ञ मुल समरोह समितिको अध्यक्ष नारयण जोशिको अध्यक्षतमाभएको पत्रकार सम्मेलनमा वरख गण सल्लेरीका गणपती यूवराज केसी, आर्थिक समितिका संयोक द्रोर्ण प्रसाद गुरागाँई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालनप्रचार प्रसार समितिका संयोजकजनार्दन गोठालेले गरेका थिए ।