सुनसरी । सुनसरीको धरान ८ तिनकुनेबाट प्रहरीले सोमबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको टोलीले धरान-५ बस्ने २८ वर्षीय बाबु बोहरालाई ७४ पिस नाइट्रोसन ट्याब्लेट र धरान-१३ बस्ने ३५ वर्षीय कान्छा राईलाई एभिल ८ एम्पुल, डाईजेलाप ८ एम्पुल, लुपिजैसीक ८ एम्पुल गरी जम्मा २४ एम्पुल टिडिजेसिकसहित सोमबार साँझ पक्राउ गरेको हो।

बरामद लागुऔषधसहित दुबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।