उदयपुर । उदयपुरको बेलका नगरापलिका ९ कमलाबारी बस्ने अमर दर्जीकी ३० वर्षीया श्रीमती लक्ष्मी परियारमाथी धारिलो हतियार प्रहार भएको छ। अपरिचित व्यक्तिहरुको समुहले सोमबार राती परियारलाई चक्कुले प्रहार गरी फरार भएका हुन। परियारको देब्रे कोखामा चक्कुले लागेको छ। उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। पति अमर दर्जी बैदेशीक रोजगारका लागी साउदीमा रहेको र घरमा १३ वर्षका छोरा तथा ४ वर्षकी छोरीसंगै सुती रहेको अवस्थामा सोमबार राती राती ११ बजेतिर परियारमाथी छुरा प्रहार भएको थियो। घटनास्थलबाट प्रहरीले चक्कु र चप्पल बरामद गरेको इलका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान एवं अभियुक्तहरुको खोजी कार्य भईरहेको छ।