प्रकाश बुढाथोकी

विंगर, संकटा क्लब काठमाडौ

रसीयामा सुरु भएको विश्वकप फुटबलको रौनक नेपालसम्म फैलिएको छ । खेलप्रेमीहरु आ–आफुले समर्थन गरेको टिमको कित्तामा बाडिएका छन् ।

धरान–१७ पटनालीका प्रकाश बुढाथोकी नेपाली फुटबलमा उदयीमान फुटबल खेलाडी हुन् । उनी नेपालको राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य समेत हुन् । उनी विश्वकप २०१८ पोर्चुगलले जितोस भन्ने चाहान्छन् । उनी भन्छन् –‘मरो बेस्ट प्लेयर कृष्टियानो रोनाल्डो को टिम पोर्चुगलले विश्वकप २०१८को ट्रफी उचालेको हेर्न मन छ ।’ विश्वकपको उपाधी यसै देशले जित्छ भन्न गाह्रो हुने भन्दै उनले भने विश्वकप जस्तो प्रतिष्ठित प्रतियोगितामा विश्वकै उत्कृष्ट टिमहरुको सहभागिता हुन्छ । त्यसैले यहि टिमले जित्छ भन्न सकिदैन । पोर्चुगलको टोलीमा विश्वको उत्कृष्ट स्ट्राइकर रोनाल्डो सहीत युवा टोलीको बर्चश्व भएकोले उपाधी जित्ने सम्भावना बलियो छ । यो टोलीले युरोकपको समेत उपाधी जितिसकेको छ ।

अब अन्य टोली पनि उत्तिकै दाबेदार छन् तर पनि अहिले फिफा र्याङ्कमा पोर्चुगल चौथो स्थानमा रहेको टोली हो यसबाट पनि टोली उत्कृष्ट छ भन्ने प्रमाणीत हुन्छ । विश्वकपबाट हामी नेपाली फुटबल प्लेयरहरुले पनि विश्वस्तरका खेलाडीको टेक्नीक सिक्न र उत्कृष्ट खेलाडीहरुको खेल कौशल हेरेर धेरै कुरा सिक्न सक्छौ ।

प्रकाश बुढाथोकी पछिल्लो पटक भएको साग च्याम्पियनसिपको फाइनलमा गोल गरी नेपाललाई उपाधी जिताउन महत्वपूर्ण भूमिका खेलेका खेलाडी हुन् । उनी धरान–१७ स्थित पटनाली स्थायी घर भइ धरानको पब्लिक मावि र नेशनल कलेजमा अध्ययन गरेका थिए । उनी सुरुवातमा नविब थ्रिस्टारबाट ए डिभिजन खेलका थिए भने पछिल्लो समय संकटा क्लब काठमाडौमा आबद्ध भएका थिए । अहिले मोफसलका विभिन्न प्रतियोगिता खेल्दै आएका बुढाथोकी टिममा विंगरको रुपमा फुटबल खेल्ने गर्छन् ।