पानवारी (ब्लाष्ट) वाइसिएल नेपाल सुनसरी जिल्ला कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । वर्षायाममा प्राकृतिक प्रकोपमा परेकाहरुलाई रगत अभाव भएको भन्दै सो अभावलाई पूर्ति गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको वाइसिएलका सुनसरी अध्यक्ष भुवन याक्खाले बताए ।

वाइसिएल सुनसरीको आयोजनामा सोमबार इनरुवामा आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडक्रस सुनसरीको प्राविधि सहयो तथा कृषि बजार धरानले फलफुल सहयोग गरेको थियो भने रक्तदान गर्नेलाई डाबर नेपालले जुस खुवाएको थियो । रक्तदान कार्यक्रममा वाइसिएल सम्बद्ध सुनसरीका सबै स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागीता रहेको अध्यक्ष याक्खाले बताए ।