विराटनगर । सुनसरीको तरहरामा नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । तरहराको मुख्य चौकमा ‘पेगन रेष्टुरेन्ट एण्ड बार’ सञ्चालनमा आएको हो ।

विदेशबाट फिर्किएर आएका युवाले स्वदेशमै लगानी गरी करिब ३० लाख लागतमा उक्त रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

हालै सञ्चालनमा आएको रेष्टुरेन्टमा विभिन्न परिकारहरु पाइने सञ्चालक प्रविन थापाले जानकारी दिए । ‘अन्य होटलमा भन्दा फरकपन स्वाद दिन रेष्टरेन्ट सञ्चालनमा ल्याएको छौं,’ सञ्चालक थापाले भने, ‘फरकपन स्वाद चाख्ने ग्राहकहरुको लागि छुट ल्याएको छौं ।’ रेष्टुरेन्ट सञ्चालनमा आएको अवसरमा पियपद्धार्थ र स्नेकमा विशेष छुट दिएको बताइएको छ ।