पाँचथर  । पाँचथरको कुम्मायक गाउँपालिकाकोकेन्द्र यासोक बजारमा आज परिवार नियोजन सम्बन्धी सुक्ष्म योजना गोष्ठी सम्पन्न भएको छ । परिवार नियोजनको अबस्था कुम्मायक गाउँपालिकामा कम्जोर अबस्थामा भएकाले यो किसिमको गोष्ठी संञ्चालन गरिएको आयोजक संस्थाले बताएको छ । लक्षित समुदाय, पिछडिएको बर्गका समुदायले परिवार नियोजन कर्म गर्नुका कारणहरु पत्तालगाई सो अनुसारको सेवाको प्रयोगमा अभिबृद्धि गर्नुपर्नेमा गोष्ठीका सहभागीहरुलाई जानकारी गराईएको थियो । गाउँपालिकामा रहेका चारवटा स्वास्थ्थ केन्द्रमा परिवार नियोजन सम्बन्धी भईरहेका गतिबिधिहरुको बिषयमा स्वास्थ्थ केन्द्रका स्वास्थ्थ कर्मीहरुले आ–आफ्नो प्रगति प्रतिबेदन बिवरण प्रस्तुत गरेका थिए । तालिमको सहजीकरण जिल्ला स्वास्थ्थ कार्यालय पाँचथरका नारायण जोशी र नेपाल परिवार नियोजन संघ परियोजना अनुगमन, मुल्याङ्ककन अधिकृत धर्मनारायण शर्माले गरेका थिए । कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको तालिमा गाउँपालिका उपाध्यक्ष सिता आचार्य, स्वास्थ्थ सम्योजक लक्ष्मण ढकाल, स्वास्थ्थ चौकी प्रमुख केदार खड्का पाँच वटै वडाका जनप्रतिनिधि लगायतको सहभागीता रहेको गोष्ठी नेपाल परिवार नियोजन संघ परियोजना ग्क्ब्क्ष्म् को सहयोगमा जिल्ला जनस्वास्थ्थ र सुआहाराले आयोजना गरेको थियो ।