शनिश्चरे । मोरङको पथरीशनिश्चरे ३ र ५ को सिमाना सुन्दरीचोकबाट मौलीवारी जोड्ने वक्राहा खोलामा झोलुङ्गे पुल निर्माणका लागि विस्तृत परियोजना सर्भे थालिएको छ ।

नगरपालिकाले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) मा माग गरेको आयोजना अनुरुप त्यहाँ पुल निर्माण गरिने भएपछि सर्भे थालिएको नगर प्रमुख दिलीपकुमार राईले जनाए ।

सो आयोजनाका लागि समीक्षा नेपाल प्रालिमार्फत सर्भेका लागि सत्रुघन मण्डल सहितका प्राविधिकले आइतवारबाट सर्भेको काम थालेका हुन् । त्यहाँ २ सय ७३ मिटर लम्वाईको पुल वन्ने कुराको सर्भे भएको छ । सर्भे सकिएपछि डोलिडारले त्यसको लागत योजना वनाउने छ । पुल नहुँदा वक्राहा खोला पूर्व रहेको पथरीशनिश्चरे वडा नम्वर ५ को मौलिवारी वस्ती वर्षाको समयमा नाकावन्दीमा पर्दै आएको छ । नगरपालिकाले त्यहाँको झोलुङ्गे पुललाई आन्तरिक पर्यटन प्रवद्र्धनस्थलको रुपमा पनि लिएको छ ।