इलाम । एक नम्बर प्रदेश स्तरीय तीन दिने युवा महोत्सव इलाम सदरमुकाममा सम्पन्न हुने भएको छ । “सम्वृद्ध नेपालका लागि स्वास्थ,कर्मठ र उद्यमी युवा ” भन्ने मूल नाराका साथ एक नम्बर प्रदेशका युवाहरुहरुको विकास दृष्टिकोणको घोषणापत्र तयार गर्ने उद्देश्यका साथ आगामि असार १४,१५ र १६ गते युवा महोत्सब हुदैँछ । असार १४ गते विहान युवाहरुको साइकिलिङ ,आठ बजेबाट मिनिम्याराथन प्रतियोगिता तथा विभिन्न सांस्कृतिक झाकीँ सहितको नगर परिक्रमा गरि मध्यान्न १२ बजे इलामको चोक बजामा उद्घाटन समारोह हुने छ । उद्घाटन समारोह एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले गर्नेछन् । सोही दिन साझँ ७ बजे गौतम बुद्ध सभा गृहमा इलामका स्थानीय कलाकारहरुको विशेष साँस्कृतिक कार्यक्रम रहेको छ । महोत्सबको दोस्रो दिन जिल्ला समन्वय समिति इलामको सभाहलमा विहान ११ बजेबाट प्रदेश स्तरीय युवा कवि सम्मेलन हदैँछ । नेपालका चर्चित कवि सन्देश सत्याल र स्वपनिल स्मृतिको उपस्थितिमा कवि सम्मेलन हुनेछ । यस्तै असार १५ गते गौतम बुद्ध सभागृहमा महोत्सबको सबैभन्दा मुख्य कार्यक्रम एक नम्बर प्रदेशको युवा सम्मेलन रहेको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा,प्रदेश नम्बर एकका युवा तथा खेलकुद मन्त्री,एक नम्बर प्रदेशका सबै जिल्ला युवा समितिको कर्यालयका अध्यक्ष तथा कार्यालय प्रमुख लगायत एक नम्बर प्रदेशका सबैखाले युवाहरुको उपस्थित रहने छ । जसमा महोत्सबको मुख्य उद्देश्य रहेको समग्र एक नम्बर प्रदेशका युवाको दृष्टिकोण र विकासको सन्दर्भमा प्रदेश स्तरीय युवा घोषणपत्र तयार गरिने र साझँमा सगिंतकार कर्णदासको एकल साझँ सहित उक्त दिनको कार्यक्रम सकिनेछ । यस्तै महोत्सबको अन्तिम दिन असार १६ गते विहान ७ ः३० बजे इलाको पर्यटकीइ स्थल भालुढुंगामा प्रदेश स्तरीय गजल मेला नेपालका चर्चित गजलकार शितल कादम्बिनी र गजलकार रावतको उपस्थितिमा सम्पन्न हुनेछ । सोही दिन दिउँसो चोक बजारमा राष्ट्रिय कलाकार ताराप्रकाश लिम्बु तथा हास्ँय कलाकार राजा राजेन्द्र पोख्रेलको विशेष प्रस्तुती रहेने र दिउँसो दुई बजे महोत्सबको समापन तथा प्रदेश सरकार समक्ष युवा घोषणापत्रमा हस्तान्तरण गरि महोत्सबको समापन कार्यक्रम सम्पन्न हुनेछ । भने साझँमा इलामका स्थानीय ब्याण्डको रहनेछ । जिल्ला युवा समितिको कार्यालय इलामद्धारा आयोजित एक नम्बर प्रदेशका युवाहरुको सन्दर्भमा विकास दृष्टिकोण सहितको युवा घोषणपत्र तयार गर्ने मुख्य उद्देश्यले हुने महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सब सञ्चालन गर्न राष्ट्रिय युवा परिषद,इलाम जिल्लाका दश वटा स्थानीय निकाय,प्रदेश सरकार,स्टलका सहयोगि सहित करिब १९ लाख ८५ हजार बजेट स्रोत रहेको जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले बताए । इलामको चोक बजारमा प्रदेश नम्बर एकका सबै जिल्लाको चिनारी झल्काउने एक एक वटा स्टल र बाँकी इलामको सबै क्षेत्रको फरक फरक स्टल गरि जम्मा २५ वटा स्टल रहने छ । गत असार तीन गतेबाट प्रदेश नम्बर एकका सबै पर्यटकीय,साँस्कृतिक झल्काउने फोटो प्रदर्शनी प्रतियोगिता खुला गरिएको र उत्कृष्ट फोटोको महोत्सबमा स्टलका रुपमा प्रदर्शन गर्ने र उत्कृष्ट फोटोलाई पुरस्कार समेत प्रदान गरिने भएकाले एक नम्बर प्रदेशका सबै क्षेत्रबाट फोटो प्रदर्शनीमा सहभागिता जनाउन सकिनेछ । यस्तै लागु औषध र दुव्र्यसनी विरुद्ध युवा भन्ने विषयमा प्यावसन अन्तर विद्यालय प्रतियोगिता हुने साथै कार्यालयबाट उत्कृष्ट यवा प्रतिभा सम्मान लगायत अन्य पुरस्कार वितरण उद्घाटन समारोहमा प्रदान गरिने जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले बताए ।