ताप्लेजुङ ब्लाष्ट । मालपोत कार्यालय र नापीकार्यालय ताप्लेजुङको भवननिर्माणमा कार्यरत मजुदरले ठेकेदारले ज्याला नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । गएको कार्तिक देखि नै कामगर्दै आएपनि ठेकेदारले ज्याला नदिएको भन्दै यहाँ कार्यरत ११ जनामजदुरले आईतवार उजुरी गरेकाहुन् ।

काम गरेको ज्याला माग्दा ठेकेदारले उल्टै धम्क्याउने गरेको उजुरीमा उल्लेख छ । यस्तै ठेकेदारले कहिले हाकिम छैन भनेर टार्ने गरेको र काम छाडेर हिड्यौ भने पारिश्रमिक नै पाउँदैनौ भनेर धम्क्याउने गरेको समेत जनाईएको छ । ठेकेदार यामलावुङले हेड मिस्त्रीलाई दैनिक १२ सय र हेल्फरलाई दैनिक ८ सय २५ रुपैँयादिने सर्त गरि गएको कार्तिक १५ देखि काम लगाएको उनिहरुले निवेदनमा जनाएका छन् ।

यता प्रमुख जिल्लाअधिकारी मोहनबहादुर जिसिले भने यस विषयमा प्रहरीद्धारा छानवीन हुने बताउनु भएको छ । मजदुरले गरेको निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाईएको र प्रहरीद्धारा बुझ्ने कार्य हुने उहाँको भनाई छ ।