धरान ब्लाष्ट । बिगत लामो समय देखी धरानका टेम्पू चालकहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै धरानका टेम्पो व्यवसायीले मनोमानी ढंगले भाडा वृद्धि गरी धरानको लोकल टेम्पो भाडा २० रुपैया भएपनि त्यसलाई बढाएर अहिले कसैले २५ त कसैले ३० रुपैयासम्म लिने गरेका छन् । गत जेठ १९ गतेबाट सरकारले मूल्य वृद्धि गरी पेट्रोल प्रतिलिटर १ सय १३, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रूपैयाँ पु¥याएको थियो । व्यवसायीले भने त्यस अघिदेखि नै टेम्पोको भाडा वृद्धि गरेका थिए । टेम्पो व्यवसायीले पेट्रोलको मूल्य प्रतिलिटर ९५ रुपैया हुँदा कायम भएको भाडा भन्दै बढाएर लिइरहदा भाडा दर बढाएर लिने निर्णय कस्ले गरेको हो भन्ने विषयमा व्यावसायी आफै अनविज्ञ छन् । व्यवसायीले भाडा वृद्धि गरे लगत्तै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले त्यसको विरोधमा धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्याल धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा भाडावृद्धिको विरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थीहरुले गत जेठ १८ गते ज्ञापन पत्र बुझाएपछि र जनगुनासो समेत धरान उपमहानगरपालिकामा आएको भन्दै धरान उमपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा टेम्पो व्यवसायी, ट्राफिक प्रहरीको संयुक्त बैठक जेठ २० गते बसेको थियो । उक्त बैठकमा टेम्पो व्यवासायीका प्रतिनिधिहरुले आफुहरुले भाडा बृद्धि नगराएको जानकारी गराएका थिए, तथापी बैठकले तत्काल भाडा वृद्धि नगर्ने र भाडा वृद्धि गरेको पाइएमा तत्काल कार्वाही गर्ने निर्णय गरी भाडा निर्धारणको लागी धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाको संयोजकत्वमा टेम्पो व्यवासायी, उपभोक्ता हित संरक्षण मञ्च तथा ट्राफिक प्रहरी समेत रहेको संयुक्त समिति गठन गरिएको थियो । समितिले तत्काल काम थालेर भाडा निर्धारण गर्ने भनिए पनि अझै सम्म कुनैपनी प्रभावकारी रुपमा बैठक बस्न सेकेको छैन । समितिले भाडा निर्धारण नगरेसम्म पुरानै भाडादरमा यात्रु बोक्नुपर्ने यदी बढी भाडा लिएमा कार्बाही गर्ने भन्ने निर्णय धरान उपमहानगरपालिकाकी उपमेयरको अध्यक्षतामा बसेको बैठकले गरेको भएपनि सम्बन्धित पक्षले बेवास्ता गर्दा टेम्पो व्यवसायीले मनोमानी भाडा असुली गरीरहदा आइतबार खोरिया बस्तीबाट भानुचौक आउने क्रममा को १ ह ५९६२ नम्बरको टेम्पू कारबाहीमा परेको हो । गोपाल नमगरेका उक्त टेम्पू चालकलार्इ ट्राफिक प्रहरी कार्यलय धरानले भानुचौंक स्थित टेम्पू स्टेनबाट नियन्त्रणमा लिइ रु.५००– जरिमाना तिराएई कारबाही गरेको हो । यसै अन्तर्गत ब्लाष्ट खबरले तयार पारेको भिडियो रिपोट / –

https://youtu.be/b1cLyCw-v1s