धरान/झरनाबाट ढुङगा खसेर इटहरीका विक्रम तामाङको मृत्यु भएपछि पर्यटकिय स्थल नमस्ते झरना गत शनिबारबाट सुनसान भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको सधै घुईचो लाग्ने झरना घटनपनि सुनसान भएको हो ।

नमस्ते झरनामा रमाउन गएका तामाङको छागाबाट ढुङगा खसेर टाउकोमा लागेको थियो । ढुङगा लागेर गम्भिर घाईते भएका तामाङको उपचारका लागि धरान ल्याउदै गर्दा मुत्यु भएको थियो । अहिले अर्को निर्णय नभए सम्मका लागि नमस्ते झरना प्रबेश गर्न रोक लगाँईएको नमस्ते झरना ब्यबस्थापन समितीका अधक्ष्य दिलिप लिम्बुले जानकारी दिए ।