धरान । विश्वकप फुटबलमा आइतबार रातिको खेलमा विश्वको नम्बर वान जर्मनी मेक्सिकोसँग स्तब्ध बनेको छ ।

रसियाको राजधानी मस्कोस्थित लुजनिकी रङ्गशालामा भएको खेलमा मेक्सिकोले १–० ले फिफा बरियतामा १ नम्बर रहेको जर्मनी स्तब्ध बनेको हो । मेक्सिकोका लागि निर्णायक गोल ३५ औं मिनेटमा हिर्भिङ लुजानोले गरे । पेनाल्टी डिबक्सबाट गरेको उनको उत्कृष्ट प्रहारलाई जर्मनी गोलरक्षक म्यानुअर नुअरले रोक्न सकेनन् ।

अहिलेसम्म सातपटक भीडन्त गरेका जर्मनी र मेक्सिकोबीचको यो खेलबाट पहिलो पटक हराउन सफल भएको छ । मेक्सिकोका जेभियर हर्नान्डेजको पासलाई लुनजानेले गोलमा परिणत गरेका थिए । मेक्सिकोले आधा दर्जन भन्दा बढी अवसर खेर फाल्दा जर्मनीले पनि थुप्रै अवसरहरु खेर फालेको थियो । समूह एफमा स्वीडेन र दक्षिण कोरिया छन् ।

सर्वियाको महत्वपूर्ण जित

आइतबारको खेलको कोस्टारिकामाथि सर्विया हाबी भएको छ । पाँचौं पटक विश्वकपमा सहभागी बनेको कोस्टारिकालाई सर्वियाले १–० गोलले पराजित गरेको छ । सर्वियाका कप्तान एलेक्जेण्डर कोलोरोबले ५६ औं मिनेटमा निर्णायक गोल गरे । उनले फ्रिकिकमार्फत् गोलमामा परिणत गरे । सर्वियाले महत्वपूर्ण तीन अङ्क जोड्न सफल भएको छ । सर्विया विश्वकप फुटबलमा यो ११ औं सहभागिता भए पनि २०१० को विश्वकपसम्म युगोस्लाभिया र सर्बिया तथा सर्बिया र मन्टेनेग्रोको रुपमा संयुक्त सहभागिता जनाउने गरेको थियो ।

कोस्टारिका सन् २०१४ मा अन्तिम ८ मा पुगेको थियो भने सन् १९९० मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । १९९० मै कोष्टारिकाले विश्वकपमा डेब्यु गरेको थियो । यता सर्विया सन् २०१० पनि स्वतन्त्र राष्ट्रको रुपमा सहभागिता जनाउँदै आएको हो । स्वतन्त्र राष्ट्र बनेपछि विश्वकपमा उसको दोस्रो सहभागिता हो । सन् २०१० मा जर्मनीलाई १–० ले जितेर सर्वियाले सनसनी मच्चाएको थियो ।

डेनमार्क विजयी

शनिबार राति डेनमार्कले पेरूमाथि जित निकाल्दै समूह ‘सी’ मा आफ्नो उपस्थिति देखाएको छ ।

पेरूले पाएको पेनाल्टी चुकाउँदा डेनमार्कले आफ्नो पक्षमा तीन अङ्क बटुल्न सफल भएको छ । रसियाको मोर्डोभिया एरेना रङ्गशालामा भएको खेलमा डेनमार्कका लागि युसुफ युराय पल्सेनले ५९ औं मिनेटमा निर्णायक गोल गरे । बराबरीको मौकालाई पेरूका क्रिष्टियान क्युभाले पेनाल्टी चुकाए । जसका कारण अङ्क बाड्ने सम्भावना टुटेको थियो ।

पेरू समर्थकहरु पेनाल्टी चुक्दा निराश बनेका थिए । समूह ‘सी’ मा अष्ट्रेलियामाथि फ्रान्सले २–१ को जित निकालेको थियो ।

लुका मोड्रिकको क्रोएसिया शीर्ष स्थानमा

समूह ‘डी’ मा रहेको क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकाल्दै दोस्रो राउण्डमा प्रवेश गर्ने मौकालाई जिवित राखेको छ । क्रोएसियाका लागि खेलको ३२ औं मिनेटमा उपहार गोल प्राप्त ग¥यो ।

खेलमा नाइजेरियाका इटेबोले क्रोएसियाका खेलाडीको कर्नर जोगाउँदा खोज्दा आत्मघाती गोल गरे । उपहार गोल पाएको क्रोएसियाले खेलको ७१ औं मिनेटमा पेनाल्टी पायो । जसमा लुका मोड्रिक चुकेनन् । नाइजेरियाले आक्रामक खेल प्रस्तुत गरे पनि जाँदु देखाउन सकेन । आइसल्याण्डले अर्जेन्टिनालाई रोकेपछि समूह ‘डी’ मा क्रोएसिया शीर्षस्थान बनाउन सफल भएको छ ।

ब्राजिललार्इ राेक्याे स्वीट्जरल्याण्डले ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो । खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे । यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।