एजेन्सी । रुस विश्वकपको चौथो दिन, आज पहिलो खेलमा मैदान उत्रदै छन्, 'कोष्टारिका र सर्बिया' । दक्षिण अमेरिकी राष्ट्र कोष्टारिका र युरोपियन राष्ट्र सर्बियाबीचको खेल समारा रंगशालामा हुनेछ ।  नेपाली समय अनुसार बेलुका ५: ४५ मा सुरु हुने खेलको लागि दुवै टोली रुसकै नामी सहर समारा पुगिसकेका छन् । विश्वकपमा पाँचौ सहभागीता जनाउदै गरेका कोष्टारिका बलियो टोली हो । र, कोष्टारिका ब्राजिल विश्वकपको प्रदर्शन भङ्ग गर्न चाहन्छ । तर, विश्वकपमा लामो इतिहास बोकेको सर्बियाविरुद्ध कोष्टारिकालाई पहिलो खेलमै परिक्षा हुनेछ । कोष्टारिकाले सन् २०१४ को ब्राजिल विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसअघि सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोष्टारिकाले सन् १९९० को विश्वकपमा भने अन्तिम १६ को यात्रा गरेका थिए । इंग्ल्यान्ड, इटाली र उरुग्वे जस्ता ठुला राष्ट्र रहेको समूहबाट ब्राजिल विश्वकपमा कोष्टारिकाले गरेको उक्त प्रदर्शन लोभलाग्दो थियो । तर, कोष्टारिकाको पछिल्लो लय त्यति राम्रो छैन । पछिल्ला मैत्रीपूर्ण खेल कोष्टारिकाले गुमाएको छ । विश्वकपको पहिलो खेलमा भने कोष्टारिका त्यो प्रदर्शन दोहोर्याउन चाहन्न् । यता, विश्वकपमा लामो इतिहास बोकेको सर्बिया रुसमा आफ्नो छुट्टै छाप बनाउन चाहन्छ । १२ औं पटक विश्वकप खेल्दै गरेको सर्बिया आठ बर्षपछि विश्वकप खेल्दैछ । युगोस्लाभियाबाट छुट्टिएपछि भने सर्बियाको यो दोस्रो विश्वकप हुनेछ । सर्बिया सन् २००६ मा युगोस्लाभियासँग छुट्टिदै स्वतन्त्र राष्ट्र बनेको थियो । स्वतन्त्र भएपछि सन् २०१० को विश्वकप खेलेको सर्बिया सन् २०१४ को ब्राजिल विश्वकपमा भने छनोट हुन् सकेन । विश्वकप इतिहास हेर्ने हो भने दक्षिण अमेरिकी राष्ट्रविरुद्ध सर्बियाको प्रदर्शन गर्विलो छ । युगोस्लाभियाकै रुपमा विश्वकप खेल्दा सर्बियाले तीन दक्षिण अमेरिकी राष्ट्रसँग खेलेको छ । जसमा सवै खेल युगोस्लाभियाले जितेको छ । कोष्टारिकाविरुद्ध मैदान उत्रदा सर्बिया आफ्नो इतिहासलाई कायम राख्न चाहन्छ । र, सर्बियालाई युरोपियन लिग फुटबलमा जमेका खेलाडीको साथ छ । सम्भावित प्लेइङ ११ (कोष्टारिका) : केलर नाभास, क्रिष्टियन गामबाओ, ब्रायन ओभिएडो, ओस्कार डुआर्टे, गिएनकार्लो गोन्जालेज  जोनी एकोस्टा, डेभिड गुजम्यान, सेल्सो बोरगेस, ब्रायन रुइज, क्रिष्टियन बोलानोस, मार्को युरेना सम्भावित प्लेइङ ११ (सर्बिया) : भ्लादिमिर स्टोकोभिच, एलेक्साण्डर कोलारोभ, ब्रेनस्लाभ इभानोभिच, निकोला मिलेनकोभिच, डुस्को टोसिक, निमंजा म्याटिक, सर्गे मिलिनकोभिक सेभिक, डुसन टेडिक, एडम एलजेजिक, फिलिप कोस्टिक, एलेक्जेण्डर मिट्रोभिक जर्मनी विरुद्ध मेक्सिकाे जर्मनीले पछिल्ला ६ मैत्रिपुर्ण खेलमा मात्र एक खेल जित्यो । त्यो खेल साउदी अरेबियाबिरुद्ध २–१ को थियो । तर, विश्वकप छनोटमा जर्मनीको खेल साच्चिकै गज्जबको थियो । उसले सवै १० खेलमा जित निकालेको थियो ।  ऐतिहासिक प्रर्दशन गर्दै उसले ४३ गोल गरेको थियो । जसमा विभिन्न २१ खेलाडीले गोल गरेका थिए । ब्राजिलपछि विश्वकपमा सबै भन्दा सफल टिम जर्मनी नै हो । सर्वाधिक ५ पटक उपाधि उचालेको ब्राजिली रेकर्ड बराबरी गर्ने अवसर जर्मनीलाई छ । तर, उसको तयारी लक्ष्य अनुसारको छैन । जर्मनीका मिडफिल्डर टोनी क्रुस भन्छन, ‘हामीले प्राय सावित गरेका छौ कि जब हामी सुरु गछौ, तब हामी प्रमाणीत गछौ ।’ यता, मेक्सिकोलाई एउटा चुनौतीपुर्ण कामले प्रतिक्षा गरिरहेको छ । गत बर्ष भएको कन्फेडेशन कपको सेमिफाईनलमा जर्मनीको बी टिमले उसलाई ४–१ ले पराजित गरेको थियो ।  मेक्सिकोका कोलम्बियन प्रशिक्षक जुवान कार्लोसले टोलीमा अनुभवी खेलाडीलाई सामेल गरेका छन् । मेक्सिको टोलीका १३ खेलाडीले राष्ट्रिय टिमको जर्सीमा ५० खेल खेलिसकेका छन् । जर्मनी मिडफिल्डर मेसुट ओजिलको सामान्य चोट निको भईसकेको छ । सोही चोटका कारण उनले साउदीबिरुद्धको अभ्यास खेल गुमाएका थिए । मुख्य दुई डिफेन्डरले चोट बोकेपछि मेक्सिकोको समेत तयारी प्रभावित भएको थियो । इतिहास पल्टाउदा मेक्सिकोले एक पटक जर्मनीलाई हराएको छ, सन् १९८५ मा । विश्वकपमा दुवै टोली चौथो पटक भिड्न लागेका हुन् । विश्वकपका यसअघिका तीनवटै खेलमा जर्मनी विजयी बनेको रेकर्ड छ । सम्भावित प्लेइङ ११ (जर्मनी) : म्यानुएल नुएर, जेरमी बोटेङ, माट्स हृयुमेल्स, जोसुवा किमिच,जोनास हेक्टर, जुलियन ड्राक्सलर, टोनी क्रुस, सामी खेडिरा, मेसुट ओजिल, थोमस मुलर, टिमो वाग्नेर सम्भावित प्लेइङ ११ (मेक्सिको) : गुलेर्मो ओचाओ, कार्लोस सालसेडो, हृयुगो आएला काष्ट्रो, हेक्टर मोरेनो,मिगुल लायुन, एन्डे्रस गुयरदाडो, हेक्टर हेरेरा, कार्लोस भेला, जाभियर हर्नान्डेज, जेसस कोरोना, हिरभिङ लोजानो ब्राजिल भर्सेस स्विजरल्याण्ड ब्राजिलले चार बर्ष अगाडी घरेलु भुमिमा जर्मनसंग ब्यहोरेको हारको पीडा अब बिर्सिएको हुनुपर्छ । तर यसको कुनै शंका छैन ब्राजिली प्रशिक्षक टिटेको नयाँ टिमको लक्ष्य रुसमा नयाँ इतिहास कोर्नु नै हुनेछ । टिटेको टोलीको पछिल्ला विश्वकप खेलेका नेयमारसहित ६ खेलाडी मात्र समावेश छन् । ब्राजिली टिमको एक रमाईलो पक्ष भनेको उसको आक्रमण पक्षसंगै डिफेन्स समेत बलियो छ । जसले पाँच पटक विश्वबिजेता टोलीको सवलता देखाउछ । स्ट्राईकर नेयमार चोट मुक्त हुदै मैदान फर्किएका छन् । स्विजरल्याण्डविरुद्धको खेलमा उनी पहिलो रोजाईमा मैदान उत्रने छन् । विश्वकप तयारीको अभ्यास खेलमा उनले अष्ट्रेलियाविरुद्ध पहिलो रोजाईमा मैदान छिरेका थिए । जसमा गोल समेत गरेका थिए । २६ बर्षिया नेयमारले खुट्टामा चोट बोकेपछि अपरेसन गरेका थिए । करिब ५ महिनापछि मैदान फर्किएका उनले १ सय २९ मिनेट मैदानमा बिताएका छन् । खेलिएका दुवै खेलमा उनले गोल गरेर आफु तयार रहेको जनाउ दिएका छन् । ब्राजिलका लागि सुखद पक्ष भनेको उसले विश्वकपको पहिलो खेलमा अहिलेसम्म हारेको छैन । सबै संस्करणको विश्वकपमा सहभागि एकमात्र टोली ब्राजिलले रुसी विश्वकपमो सोही इतिहासलाई दोहोर्याउनेमा  धेरै आशावादी छन् । यता, स्विजरल्याण्डले पछिल्ला २२ खेलमा मात्र एक पटक हारेको छ । उसका मुख्य हतियार ग्रानिट जाका र जेदान साकिरी खेलमा उपलब्ध हुनेछन् । स्विजरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिकले विश्व वरियताको छैटौ स्थाममा रहनु आफ्नै बलियो पक्ष मान्छन् । छनोटको १० खेलमा ९ खेल जितको स्विस टोलीले पलेअफमा पर्न कठिन यात्रा तय गर्न पर्यो । उसले प्रतियोगितामा स्पेनसंग १–१ गोलको बराबरी खेलेको थियो भने पछिल्लो खेलमा जापानलाई २–० ले हराएको थियो ।