धरान । नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ शनिबार इद उल फित्र पर्व मनाएका छन् । मुस्लिम धर्मालम्बीहरुले मस्जिदमा भेला भई इदको नामाज पढेर एक आपसमा इद मुबारक (शुभकामना) आदनप्रदान गर्दै महान पर्व मनाएका हुन् । नमाज पढिसकेपछि मुस्लिम दाजुभाइबीच एकअर्काबीच गला मिलाउँदै शुभकामना साटसाट गरेका छन् । नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ । इदुल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नामाज पढेर यो पर्व मनाइएको फिरोज अलीले जानकारी दिए । मुस्लिम समुदायका महिला र पुरुष धरान ३ स्थित जामे मस्जिदमा भेला भएर इद मिलनको खुशी साटासाट गरेको बताए । एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गर्ने गरिन्छ । शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा आज इद उल फित्र मनाएका छन् । यस अवसरमा मस्जिद तथा इदगाहमा महिला पुरुष बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान गरी एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाएका हुन् ।