गोल मेसिन मेस्सीका आक्रमक प्रहारका वावजुद रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग अंक बाँड्न बाध्य भएको छ । विश्व फुटबलमा डेब्यु गरेको आइसल्याण्डसँग उपाधि दाबेदारका रुपमा हेरिएको अर्जेन्टिनाले १–१ गोलको बराबरी खेलेको छ । कप्तान लियोनल मेस्सीले सुरुआती समयमा केही आक्रामक खेल खेल्ने प्रयास गरेपनि आइसल्याण्डका रक्षात्मक डिफेन्सले सो प्रयास सफल हुन दिएनन् । स्ट्राइकर मेस्सी पेनाल्टीमा चुकेपछि आइसल्याण्डले आफ्नो रक्षात्मक रणनीतिलाई जारी राख्यो । खेलको १९ औ मिनेटमा अर्जेन्टिनाले सर्जियो अग्युरोको गोलमार्फत अग्रता लिएको थियो । त्यसको ४ मिनेटपछि आइसल्याण्डका फिन्नबोगसनले गोल गर्दै खेललाई बराबरी अवस्थामा ल्याए । ६४ औ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त ग¥यो । तर मेस्सीले बाँयातर्फ गरेको प्रहारलाई गोलकिपरले उत्कृष्ट बचाउ गरे । तुलानात्मक रुपमा अर्जेन्टिनाका विरुद्ध आक्रामक हुन नसकेको आइसल्याण्डले रक्षात्मक रणनीति खेल्दै उत्कृष्ट प्रदर्शन गरयो । खेलमा बलियो रुपमा देखिए पनि अर्जेन्टिना आक्रमक हुन नसक्दा थुप्रै अवसरलाई गुमाउन पुगेको थियो । अर्जेन्टिनाको असफलता र मेसीको पेनाल्टी जारी विश्कप फुटबलमा विपक्षीले फउल गरेपछि पाएको पेनाल्टीलाई मिस गर्दा मेसीले पुनः समर्थकलाई निराश पारे । उनले यो प्रहारलाई सदुपयोग गर्न नसक्दा जारी खेलमा आइसल्याण्डसँग अंक बाँड्नु परयो । यसअघि सन् २०१६ मा कोपा अमेरिका कप फुटबलको फाइनलमा चिली विरुद्धको पेनाल्टी सुटआउट पनि मेस्सीले बललाई गोलको दिशा दिन सकेका थिएनन् । उनको प्रहार असफल हुँदा अर्जेन्टिना पराजित भएको थियो । फाइनलमा चिलीसँग हारेपछि र आफ्नो प्रहार असफल भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणा गरेका थिए । तर उनका फ्यानको माया, समर्थन र अर्जेन्टिनाका राष्ट्रपतिको दबावमा उनले सन्यास फिर्ता लिएका थिए । विश्वकप फुटबलको उपाधि दिलाउने मेस्सीको यो अन्तिम अवसर हो । सन् २०१४ को विश्वकपमा समेत मेस्सीले अवसरलाई सफल बनाउन सकेनन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित भएको थियो । मेस्सीले यो विश्वकपलाई खेल जीवनको अन्तिम विश्वकपका रुपमा लिएका छन् । त्यसैले पनि उनमा नैतिक दबाव र समर्थकको हौसला छ । यसलाई उनले आगामी खेलमा सम्बोधन गर्ने समर्थकले विश्वास लिएका हुन सक्छन् । यसैबीच विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियाविरुद्ध २–१ गोलको जित निकालेको छ । फ्रान्सको जितमा एन्टोइनी ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । अष्ट्रेलियाका लागि माइल जेडिनकले गोल गरेका थिए । खेलको खेलको ८१ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन् । यसअघि खेलको ५८ औं मिनेटमा फ्रान्सले पेनाल्टीबाट नै गोल गर्दै अग्रता लिएको थियो । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यानले पेनाल्टीबाट गोल गरेका थिए । डिबक्सभित्र ग्रिम्यानलाई फउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । फ्रान्सले गोल गरेको ४ मिनेटपछि नै अष्ट्रेलियाले पनि पेनाल्टीबाटै गोल गर्दै बराबरी गरेको थियो । खेलको ६२ औं मिनेटमा फ्रान्सका डिफेन्डरले ह्यान्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा माइल जेडिनकले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएका थिए । पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । सुरुआती समयमा केही आक्रमक खेल खेलेको फ्रान्सले एकपछि अर्को आक्रमक रणनीति बनाए पनि सफल हुन भने सकेन । रसिया कजान शहरस्थित कजान एरिनामा अष्ट्रेलियाले प्रहार गरेको सर्ट फ्रान्सका गोलकिपरले बचाएका थिए ।