शनिश्चरे, (ब्लाष्ट) । नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि छलफलमा जुटिरहेको मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको शनिवारको वैठकले २ वटा कार्यविधि पारित गरेको छ ।

योजनाविद् तारानाथ निरौलाको सहजिकरणमा छलफल गरी ‘कर तथा राजस्व कार्यविधि’ र ‘योजना तर्जुमा अनुगमन्, मुल्यांकन कार्यविधि’ पारित गरिएको नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी गराए । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षता रहेको वैठकमा कर तथा राजस्व संकलनका लागि करदातालाई सम्मान र पुरस्कार सहितको नीति ल्याएर सो क्षेत्रको व्यवस्थापन आवश्यक रहेको महसुसकासाथ कार्यविधि निर्माण गरिएको वताए । नगरका सवैखाले कर र राजस्वको दायरालाई समेटेर निर्माण गरिएको कार्यविधि ९० पृष्ठको रहेको छ । अस अघि नगरले राजपत्र निर्माण गरेको र आधादर्जनको संख्यामा कार्यविधि पारित गरेको थियो ।

अवको आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा वजेट निर्माणको सन्दर्भमा नगरपालिकाले वडा वडामा वजेट सिलिङबारे छलफल अघि बढाउँदै गरेको छ । केही कार्यविधि पारित सहित अवको वजेट निर्माण बारे समेत छलफल गर्न कार्यपालिकाको अर्काे वैठक सोमवार वस्ने भएको छ ।