भद्रपुर(ब्लाष्ट) । वडा कार्यालयले सर्वसाधरणको निवेदन दर्ता नगरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । झापा हल्दीबारी गाउँपालिका अन्र्तगत रहेको ३ नम्बर वडा कार्यालयले निवेदन नलिएको विषयमा गुनासो गरेका हुन् । वडा कार्यालय स्थापनाको लागि गाउँपालिकाले डम्फु खोलालाइ केन्द्र पारेर रमाइलो चोक आसपासमा हुने गरि एक महिनाको समय राखेर पुस २९ गते सूचना प्रकाशित गरि जग्गा दातालाई आब्हान गरेको थियो । सो अवधिमा स्थानीय रामहरि थापाको माघ १५ गते १० कट्ठा जग्गा दिने गरि निवेदन परेको थियो । यता ढडुवा बजारका गंगा प्रसाद वानियाँ,डिल्ली बहादुर खत्री,इश्वरा तिवारी,रुद्रमाया तामाङ् र प्रल्हाद न्यौपानेले मिलेर साढे आठ कट्ठा जग्गा दिने गरि निधो गरेर माघ १९ गते वुझ्न जादा १० कट्ठा बनाएर ल्याउनु भनेपछि पुनः आएर सल्लाह गरेर भने अनुसारको निवेदन लिएर फागुन ३ गते जादा म्याद सकियो भनेर निवेदन लिन नमानेको उनिहरुले गुनासो गरेका छन् । ३ नम्बर वडा अध्यक्ष रोशनी शिवाकोटीले म्याद शुरु र अन्तिमको बारेमा केही जानकारी नगराएका कारण हामीले निवेदन लिएर गएको इश्वराले बताइन् । पहिलो निवेदननै निश्चित हुने सम्भावना रहेको बताउदै अझैपनि जग्गा चाहिने भएकोले १० कट्ठा पुर्रयाएर ल्याउनु भनेर वडा अध्यक्षले पठाएको उनले बताइन् । हामीलाई अध्यक्षले निवेदन लिएर आउनु भनेपछि मात्र गएकोले निवेदन नलिनुमा शंका उत्पन्न भएको उनको भनाइ छ । गाउँपालिकाले वैठकले जे गथ्र्यौ तर त्यतिवेला निवेदन नलिएकोमा सारै दु ः ख लागेको अर्का निवेदक खत्रीले बताए । कार्यालयको पायक पर्ने डम्फु खोलाछेउ केन्द्र भएपनि ढडुवा बजारलाई बन्द गरि वस्तीनै नभएको ठाउँमा चिया वगानको बिच भागमा लगेर जग्गा स्विकृत गरेकोप्रति आपत्ती रहेको उनको भनाइ छ । वडामा हुने कुनैपनि सूचनाबाट हामीलाई बन्चित गराइएको महिला नेतृ कमला दाहालले बताइन् । मान्छे हेरेर काम गर्ने वानीले सर्वसाधारण हैरान भएको बताउदै अध्यक्षको कार्यशैलिप्रति असन्तुष्ट रहेको उनको भनाइ छ । त्यतिमात्र नभई हाम्रो वस्तीमा विजुलीको पोलसमेत बारम्बार माग गर्दा सुनुवाइ नभएको सुलोचना न्यौपानेले गुनासो गरिन् । लामो दुरीवाट तार ल्याएका कारण घरमा दुइपटक आगलागी भइसके पनि वडाले वेवास्ता गरेको उनको भनाइ छ । हाम्रो वस्तीमा कुनैपनि योजना नल्याउने भन्दै हिडेको उनिहरुको भनाइ छ । म्याद भित्र निवेदन नआइपुगेकोले दर्ता गर्न नसकिएको वडा अध्यक्ष शिवकोटीले बताइन् । नियममा रहेर काम गर्नु पर्ने भएकोले मैले निवेदन लिन नसकेको उनको भनाइ छ । हामीले जारी गरेको सूचना अनुसार उहाँहरुले दिएको निवेदन नमिल्ने भएको समेत उनले जनाइन् । ल्याएको निवेदनका जग्गा धनि वैदेशिक रोजगारको लागि बाहिर गएकोले अहिलै जग्गा पास नहुने र पछि विवाद हुने डरले पनि समस्या आएको उनको भनाइ छ । तत्काल वडाको नाममा जग्गा पास गर्नु पर्ने भएकोले र हामीले खोजे अनुसारको जग्गा पाएकोले सम्झौता भएर केही दिन अघि जग्गा नामसारी भइ सकेको उनले जनाइन् । यहाँ एउटा व्यक्ति आफ्नो लिडेढिँपीमा लागेको देख्दा अचम्बित परेको उनले बताइन् । विजुलीको पोलको विषयमा डेढसय थान पोल माग गरेकोमा ६४ थान आइसकेर जडान भइसकेको र वाँकी आउनेक्रम रहेकोले महत्वका आधारमा काम गरिने उनको भनाइ छ । टुकी वालेर बसेका वस्तीमा पहिलो प्राथमिक्ता रहेको उनले बताइन् । आफुलाई चित्त नबुझेमा कार्यालय आउनु पर्नेमा सामाजिक सञ्जाल मार्फत नकरात्मक ढङ्गले एकलौटी रुपमा कुराहरु फैलाएर भइरहेको व्यवहार पछि कानुनी रुपमा आफैलाई हानी हुने भएकोले सचेत रहन समेत हुनले अनुरोध गरेकी छन् । निवेदन नलिएपछि इश्वराले जग्गाको विषयलाई लिएर सामाजिक सञ्जालमा गुनासाहरु पोखेकी छन् । वडा कार्यालयले जारी गरेको सुचना विपरीत निवेदन आएकोले कुनै औचित्य नभएको गाउपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले बताए । समय भित्र निवेदन नआउने र हामीले तोकेको स्थान भन्दा फरक स्थान देखाएर आएकोले निवेदन फर्काइदिएको उनको भनाइ छ ।