इटहरी । अदालतको फैसला पछि सुनसरीमा ३४ भारतीय नागरीक सहित ४ हजार ५ सय २३ जना अपराधीहरु कानुनलाई चुनौती दिदै अझै फरार छन । उनीहरुबाट राज्यले ९ करोड ९६ लाख ९६ हजार ६६ रुपैया जरीवना र ४ हजार ८५ वर्ष १० महीना १४ दिन कैद फछ्यौट हुन बाँकी छ । अदालतसँग फरारहरुको स्पष्ट पहिचान खुल्ने अभिलेख सम्म छैन । केहि वर्ष अघि सुनसरीमा धेरै फरार अभियुक्तहरु छन भन्दै फरार पक्राउ गर्ने अभियान चलाईए पनि अहिले उक्त अभियान नामै मात्रको छ । नेपाल प्रहरी र जिल्ला अदालत सुनसरीले फरार अभियुक्त पक्राउ गर्ने टाक्सफोर्स टोली नामै मात्रको हुन पुगेको हो । जिल्ला अदालत सुनसरीबाट ४ जना प्रहरी मोटरसाईकलमा अहिले पनि अपराधी खोज्न भन्दै सेवा सुविधा लिएर हिडे पनि रित्तोे हात फर्कदै आएका छन । जिल्ला अदालत सुनसरीमा २० प्रहरीको दरबन्दी छ । २०६७ मा नेपाल प्रहरीमा सीआईबी खडा भएर सर्वोच्च अदालतको सहकार्यमा फरारहरू विरुद्ध ’अप्रेसन हण्ट’ शुरू भयो । जिल्लाबाट प्रहरी तथा अदालतका कर्मचारीहरु अपराधी खोज्ने अभियान समेत निष्प्रभाबहिन हुन पुगेको जिल्ला अदालत सुनसरी आफै स्वीकार गर्छ । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नवराज आचार्य बताउँछन । उनी भन्छन् अपराधीहरु खोज्न आफुहरु लागी रहे पनि पक्राउ गर्ने सकेका छैनौ । अहिले पनि अपराधी खोज्न सुनसरीमा गाडी सहितको सुविधा भएको उनको भनाई छ ।

सुनसरी जिल्ला अदालतमा मुद्धाको चाप सुनसरी जिल्ला अदालत इनरुवामा मुद्धाहरुको चाप बढेको छ । अदालतका अनुसार चालु आर्थिक बर्षको बैशाख सम्म ३ हजार ८ सय ३१ मुद्धा दर्ता भएको छ । यो वर्ष सुनसरीमा २ हजार ५ सय ९५ मुद्धा फछ्यौट भयो । गत आर्थिक बर्षमा ३६ सय १ मुद्धा दर्ता भएको थियो । जिल्ला अदालतमा मुद्धा दर्ताको संख्या बढ्दै गएको जिल्ला अदालत सुनसरीले जनाएको छ । २ हजार ५ सय ८ मुद्धा अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएको थियो । तर जिल्ला अदालत सुनसरीले भने न्यायधिसहरु दरबन्दी अनुसार सुनसरीमा नहुदा मुद्धाको चाप बढेको बताउँछ । नौ जना न्यायाधीशको दरबन्दी रहे पनि अहिले ५जना मात्रै कार्यरछन् त्यही भएर मुद्धाको संख्या बढेको हो श्रेस्तेदार आचार्यले भने । हामी मुद्धालाई १८ महिना कटाउँदनौ ,सुनसरी बाहिरका प्रतिबादी हुदा भने म्याद तामेल गर्ने समय लाग्छ उनी भन्छन् । यता सुनसरीका बरिष्ठ अधिबक्ता केदार भण्डारीले भने अदालतकै कमजोरीको कारण सामान्य मुद्धा पनि फछ्यौट हुन समय लागीरहेको वताए । गरीब तथा विपन्न बर्गको मुद्धा फछ्र्योट हुन महिनौ लाग्ने गरेको भन्दै अदालतको काम चुस्त नभएको आरोप समेत लगाए । मुद्धालाई विभेदका साथ लौजाने तथा पेसी चडाउँने गरेको भन्दै अदालतको काम प्रति असन्तुष्ट हुदै भने पिछडिएका बर्गकोे मुद्धालाई अदालतले प्रथामिकता दिनु पर्छ ।

लथालिङ्ग भौतिक संरचना जिल्ला अदालत सुनसरी भैतिक संरचना अभाबको कारण लथालिङ्ग छ । दैनिक काम कारवाही संचालन गर्नका लागि भवन लगायतका भौतिक संरचनाले असर पारिरहेको छ । उपयुक्त भवन अभावले न्याय सम्पादन लगायतका दैनिक काम कारवाही संचालनमा समस्या खेप्नु परेको अदालतले जनाएको छ । अदालतमा दिनप्रतिदिन मुद्धा र सेवाग्राहीको चाप बढिरहे पनि संरचनाका कारण काम कारवाहीमा समस्या हुदै आएको जिल्ला अदालत सुनसरीले जनाएको छ । पुरानो भवनको साँघुरो कोठाबाट दुःखका साथ काम गर्नु परिरहेको छ । वर्षायामको समयमा अधिकांस कोठमा पानी समेत छिर्ने गरेको छ । अधिकांस फाईल पानीले भिज्ने गरेको छ । अदालतका फाँट र कोठाहरु साँघुरा छन् । भवन अभाव र साँघुरो भौतिक संरचनाका कारण त्यहाँ पुग्ने सेवाग्राहीले समेत असहज महसुस गर्ने गरेको अदालतका कर्मचारीहरु बताउँछन् ।