इटहरी । सुनसरीको इटहरी ६ खेतीखोलाबाट यौनजन्य गतिविधि गरेको आरोपमा आरोपमा पाँच युवायुवतीलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको छ । कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिबकुमार श्रेष्ठले जनाए । प्रहरीले मंगलबार साँझ इटहरी बस्ने तीन युवती तथा मोरङका दुई युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका युवतीहरुले स्थानीय विष्णु आचार्यको घर भाडामा लिई यौनजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।हामी यस बारे थप अनुसन्धान गर्दछौ उनले भने ।