७ हजार २ सय लिटरको मेडिकल अक्सिजन पाँच सय ५ सय ५० मा खरिद गरेर १ हजार २ सय लिटरका ६ वटा सिलिन्डरमा भरेर प्रतिसिलिन्डर ६० हजार रुपैयाँमा बिक्री गर्ने गरेको भेटीएकाे छ ।

सरकारी नियामक निकायको बेवास्ताले कम गुणस्तरका अक्सिजनलाई धेरै रकममा बिक्री गर्दा आरोही ठगिएका छन् ।

पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनको मापदण्ड ड्यू पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ । यो लिक्विड अक्सिजनमा मात्र हुने गर्छ , जुन माइनस १ सय ८३ डिग्रीमा मात्र लिक्विड अक्सिजन बन्नेगर्छ । यो अक्सिजन उच्च हिमाली क्षेत्रको चिसो र अक्सिजनको एकदमै अभाव भएको क्षेत्रमा प्रयोग गरिन्छ । तर हिजोआज ६० प्रतिशतभन्दा बढी अक्सिजन कम गुणस्तरको सस्तो मेडिकल अक्सिजन प्रयोग हुने गरेको छ ।