इटहरी । इटहरीमा एलिट सिनेमा हल शुत्रबार उद्घाटन भएको छ । हलको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्धारिक चौधरीले गरे । उद्घाटन गदै चौधरीले भने इटहरीका विकास चौतर्फी भईरहेको छ । ७ करोडको लगानीमा सञ्चालनमा आउन लागेको सो सिनेमा हलभित्र २ वटा हल सञ्चालन हुने छन । ३ शो सिनेमा प्रदर्शन हुने र ३ सय ५२ जना दर्शक क्षमता रहेको सो हल डिजिटल प्रविधिको रहेको सञ्चालक कुबेर शर्माले पत्रकार सम्मेलन मार्फत बताए । चलचित्र निर्माता छविराज ओझा, चिरञ्जीवि बस्नेत, चैतन्य बराल, दिनेश पोखरेल र नायक पृथ्वीराज प्रसाईँलगायतको लगानी हल निमार्ण भएको हो । शिल्पा पोखरेल लगायतका सम्पूर्ण टिमले पत्रकार सम्मेलन गरी हल सञ्चानमा आएको जनाएको हो ।