इटहरी । सुनसरीको इटहरीमा एक नम्बर प्रदेश स्तरीय मेयर कप तेकवान्दाे प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता शनिवार (आज) सम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले गरे । उनले खेलकुदको विकासको लागि विभिन्न सरोकार वाला निकाय सँग समन्वय गरेर अगाडी बढ्ने वताएका थिए । उघोग वाणीज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश बिष्टले वर्तमान समयमा सरकारले तेक्वान्दो खेललाई प्राथमिकतामा नराखेको तर यो खेल मनेरञ्जनका निम्ति मात्र नभई आत्म रक्षाको लागि समेत उपययोगि हुने उनले बताए । सुनसरि तेक्वान्दो कमिटिका अध्यक्ष कुल बहादुर गुरुङ्गले यस्तो प्रतीयोगिता खेलकुद विकासको लागी आवश्यक रहेको बताए । प्रतियोगितामा प्रदेश १ का सुनसरी मोरङ्ग, झापा, इलाम,धनकुटा, उदयपुर लगायतका स्थानिय तहबाट सहभागीता जनाएका छन् ।