इलाम । लोकसेवा आयोगको प्रतिबद्धता योग्यता,स्वच्छता र निश्पक्षता भन्ने मूल नाराका साथ ६८ औँ लोक सेवा आयोग दिवस इलाममा पनि मनाइएको छ । सुशासन र सदाचार निजामति सेवाको आधार भन्ने मूल नारासहित मेची अञ्चल कार्यालय इलामद्धारा आयोजित सरसफाई कार्यक्रम सम्पन्न गरी उक्त दिवस मनाइएको हो । निजामति सेवाको एक आधार लोकसेवा आयोगको वि.सं २००८ साल असार एक गते स्थापना भएसगैँ प्रत्येक वर्ष असार एक गते देशभर आयोगको वार्षिक उत्सव मनाइन्छ । स्थापनाको ६८ औँ वार्षिक उत्सवमा मेची अञ्चल कार्यालय इलामका प्रमुख नारायण प्रसाद कोइरालाको, शाखा अधिकृत जनार्धन कट्टेल सहित कार्यालयका दश जना कर्मचारीहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । सरसफाई कार्यत्रममा लोक सेवा आयोगको लोगो सहितको टिसर्ट लगाएर कर्मचारीहरु जुटेका थिए । कार्यालयमा वार्षिक उत्सबमा मात्र नभई बिदाको समय तथा आयोगको परिक्षा बाहेक अन्य समयमा प्रत्येक शुक्रबार कार्यालय वरिपरि सरसफाई हुने गरेको कार्यालयका प्रमुख नारायण प्रसाद कोइरालाले बताउनु भयाे ।