धरान/धनकुटाको नमस्ते झरनाबाट ढुङगा खसेर इटहरीका एक युवाको आज मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा इटहरी ९ का २७ बर्षिय बिक्रम तामाङ रहेका छन् ।

झरनामा नुहाउने क्रममा ढुङगा खसेर तामाङको टाउकोमा लागेको प्रहरीले जानकारी दिए । इटहरीबाट सपरिवार घुम्न गएका बेला नुहाउने क्रममा एक्कासी ढुङगा झरेको मृतक बिक्रम तामाङका दाजु सुरेन्द्र तामाङले जानकारी दिएका छन् ।