चक्रघट्टि । इलाका प्रहरी कार्यालय चक्रघट्टिका इन्सपेक्टर जीबन तामाङ्घले साइबर क्राइम सम्बन्धि बिद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् । अहिलेको समयमा स्कुल पढ्नेमध्ये कक्षा ९ र १० का विद्यार्थीहरुले प्राय समय मोबाइल, फेसबुक, इमो लगायतका सामाजिक संजालमा बिताउने गर्दछन् । सामाजिक संजालको माध्यमबाट समाजमा बिभिन्न किसिमका अपराधिक घटना घटिरहेका छन् । उक्त घटनाबाट सचेत गराउनका साथै न्युनिकरण गर्ने उदेश्यले स्कुलिङ कार्यक्रम गरिएको इन्सपेक्टर तामाङ्घले बताएका छन् । महेन्द्र मा.वि चक्रघट्टिका ९ र १० र जडेज माविका ९ का बिद्यार्थीलाई प्रशिक्षण दिइएको छ । लागुऔषध यस क्षेत्रको प्रमुख समस्या रहेकाले आगामी दिनमा चाडै यस नगरका क्याम्पस स्तरका विद्यार्थीलाई लागुऔषधका बिषयमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जानकारी तामाङ्घले दिएका छन् ।