विराटनगर(ब्लाष्ट खबर) । कृष्ण गंगाा लागु पदार्थ दुरुपयोग निवारण केन्द्रका संचालक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बीरेन्द्र कुमार विष्टले विधार्थीको लागि ३ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । डा. विष्टले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुको लागि अक्षयकोष खडा गरेका हुन् । विराटनगरमा रहेको श्री आदर्श उच्च माध्यमिक विद्यालयका प्राचार्य तुलसी प्रसाद दुलाल र डा. विष्टले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । उक्त स्कूलको पूर्व विद्यार्थी समेत रहेका डा. विष्टले आदर्श विद्यालयमा कक्षा ११ र १२ कक्षामा विज्ञान विषय लिई अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्नको लागि अक्षय कोष स्थापना गरिएको बताइएको छ ।