विराटनगर(ब्लाष्ट खबर) । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कूलले प्लटुको कक्षाहरु अत्याधुनिक सुविधा सम्पन्न भवनमा पठनपाठन गराउने भएको छ । ३ बिघा क्षेत्रफलमा ५० करोडको लगानी गरी आउँदो कार्तिकसम्म भवन निमार्ण गरि विराटनगर – ६ शान्तिचौकमा सुविधा सम्पन्न भवनमा पठनपाठन गराउने भएको हो । स्कूल परिसरमा एभरेष्टले बिहीबार पत्रकार सम्मेलन गरी नयाँ बन्ने भवन नेपालकै नुमना र सुविधायुक्त हुने एभरेष्ट एजुकेशन फाउनडेसनको प्रिन्सिपल टिकाराम पुरीले दाबी गरे । नयाँ बन्ने भवनको प्रत्येक कोठामा एसीसहितको रहने भएको छ भने स्कूल परिसरभित्रै स्पोर्टस भिलेज समेत रहने भएको छ । स्पोर्टस भिलेजमा फुटबल, टि.टी., भलिबल खेल्ने खेलमैदानको साथै स्वीमिङपुलसमेत रहने भएको छ । त्यस्तै ७ सय मानिस अटने क्षमताको सेमिनर हेलसहित म्यूजिक डान्सको कक्षाहरु समेत रहने भएको छ । नयाँ भवन निमार्णको लागि पहिलो चरणमा ३१ करोड लगानी गरेका छौं,’ प्रिन्सिपल पुरीले भने, ‘त्यसपछि क्रमश लगानी गर्नेछौ । स्कूल स्थापना भएको २५ औं वर्ष भएको छ । यो २०७५ साल हामी रजत जयन्तीको वर्ष मनाउँदैछौं,’ उनले भने । गुरुयोजनाको साथ अगाडी बढेको जानकारी दिदै पुरीले नयाँ भवनमा प्लटुको कक्षाहरु सञ्चालन भएपछि ब्याचलरको कक्षाहरु पनि नयाँ भवनमै सुरु गर्ने जानकारी दिए । २०५० सालमा स्थापना भएको स्कूलले २०७२ सालदेखी प्लस टुको कक्षाहरु सञ्चालन गर्दै आएको स्कूलले जनाएको छ । प्लटु सञ्चालन गरेको छोटो समयले एभरेष्ट नतिजा समेत उतकृष्ट ल्याएको छ । अघिल्लो वर्ष कक्षा १२ को परीक्षामा १ सय ११ जना विद्यार्थीले दिएको परीक्षामा १ सय ९ जना विद्यार्थी उत्तिण भइ ९८ दशवलप १९ प्रतिशत ल्याएको पुरीले जानकारी दिए । एभरेष्टमा प्लटुतर्फ विज्ञान र व्यवस्थापन संकाय पठनपाठन हुँदै आएको छ ।

यस्तो बन्दैछ एभरेष्ट प्लसटुतर्फको नयाँ भवन ।