काठमाण्डौ । नेपालको सबै भन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब प्रा.लि., फिफा विश्व कप २०१८ को एक मात्र आधिकारीक टेलिभिजन प्रशारण साझेदार हो । चार ओटा नेपाली च्यानलहरु, नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसद्वारा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ । मिडिया हब प्रा.लि. ले यो सुबिधा ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नाराको साथ प्रदान गरेको छ । फुटबलको उन्माद संसार भरी बढिरहेको यस समयमा फिफा विश्व कप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ । मिडिया हबले सधैं फिफा विश्व कपलाई नेपाली च्यानलहरुमा ल्याउन ठूलो योग्दान गर्दै आएको छ । यो बर्षको बिशेषता भने कान्तिपुर एच.डि. र डिशहोम एक्सन स्पोर्टस्मा एच.डि. क्वालिटि को प्रसारण हुने छ । यो प्रशारण तपाईं माझ प्रस्तुत गरेको छ, अर्घाखाँची सिमेन्टले साथमा रहेको छ बजाज पल्सर एन.एस. २००, कोका कोला र राईनो ५०० डि । साथै साझेदारी रहेको छ क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकको । प्रसारणको समर्थन रहेको छ हिमस्टार एल.ई.डी बल्ब, एन.आई.सि. एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्को । यस पहलको बारेमा मिडिया हब प्रा.लि.का कार्यकारी निर्देशक श्रीमान सोम धितालले भन्नु भए, “लामो समय देखि फिफा विश्व कपको नेपालमा आधिकारीक इजाजत प्राप्त संस्था बन्न सकेकोमा हामी धेरै खुशी छाैं। फिफा विश्व कप हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ । अब नेपालीहरुले विश्व कप नेपाली एच.डि. च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने छन । हामीले हाम्रो दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नारा हाम्रो पहलको लागि सबै भन्दा उपयुक्त रहेको छ ।” यसले नेपाली च्यानलहरुमा मात्र सीमित दर्शकहरुलाई पनि सुबिधा दिने छ ।