अहिले तिन तहका सरकारहरुले निती तथा कार्यक्रम र बजेट निर्माण कार्यलाई तिब्रताका साथ अगाडी बढाएका छन् । सम्बतःआगामी आर्थिक बर्षको साउन १५ गते भित्र सबै प्रदेश सरकार,स्थानीय सरकारहरुको निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरि सक्नेछन् । खास गरि स्थानीय सरकारहरुले विनियोजन गरेको बजेटमा लक्षित वर्गको कार्यक्रम सञ्चालन गर्न लाखौ बजेट बिनियोजन हुने गरेको छ । तर राजनैतिक,सामाजिक तथा आर्थिक रुपमा कमजोर भएकाहरुका लागि बिनियोजन भएको बजेट लक्षित बर्ग सम्म पुग्न नसकेको गुनासोहरु आउने गरेका छन् । कतिपय सञ्चारमाध्यमहरुमा यस सम्बन्धि समाचार र रिपोर्टहरु सार्वजनिक हुने गरेका छन् । लक्षित वर्गका लागि छुट्याइएका बजेट खर्च गर्ने मापदण्ड के हो ?यो बिषयमा स्थानीय सरकारका जनप्रतिनिधि र बिभागिय कर्मचारीहरुले चासो दिएको देखिदैन । प्रकृया पु¥याएर कार्यक्रम सञ्चालन गर्ने परिपाठी अहिले चलेको छ । तरकार्यक्रम लक्षित गरिएकै क्षेत्रमा पु¥याउनु पर्ने र अपेक्षित लाभ लिए नलिएको प्रभाबकारी अनुगमन भएको पाइदैन । लक्षित बर्गकालागि खर्च गरिने अधिकाशं बजेटसचेतना तथा अभिमुखिकरण जस्ता कार्यक्रममा बढी खर्च भई रहेको छ र यस्ता कार्यक्रमहरु राजनैतिक,सामाजिक तथा आर्थिक रुपमा सवल मान्छेहरुनै सहभागि भएका छन् ।बर्षेनी हुने यस्ता कार्यक्रममा ति नै ब्यक्तिहरु नियमित सहभागि हुन्छन् जो पटक पटक सहभागि भई सकेका छन् । अर्थात त्यस्ता कार्यक्रममा नयाँ अनुहार कहिलेपनि देखिदैनन ।यो चित्रले के देखाउछ भने लक्षित वर्गको कार्यक्रम पहुचवालाहरुले आफ्नो निहित स्वार्थका लागि प्रयोग गरिरहेका छन् । स्थानियसरकारले अब त्यस्तो बजेटहरु खर्च गर्न ब्यक्तिपिच्छे खोलिएका एनजीओलाई हैन हरेक हिसावले पछि परेका ब्यक्तिहरुलाई शिप मुलक र आयमुलक क्षेत्रमा लगानी गर्नु पर्छ । समाजमा हरेक ब्यक्तिको स्तर उसको आर्थिक तथा शैक्षिक क्षमताका आधारमा निर्धारण हुने गरेको छ । अहिले हाम्रो समाजमा भएका अधिकाशं घरेलु हिंसा तथा पारिवारीक हिंसाहरुको मुख्य कारण भनेको आर्थिक तथा शैक्षिक कारण नै हो । त्यस कारण लक्षितबर्गको रकमहरु उत्पादन मुलक र शिप मुलक कार्यका खर्च गर्ने हो भने त्यसले अपेक्षित उपलब्धि प्राप्त हुन सक्छ । जन जनताको आयअबस्था बृद्धि हुन्छ तथा स्थानीय सरकारको आयमा पनि बृद्धि हुन्छ । अहिले हाम्रो समाजमा आयबृद्धि गर्ने भन्दापनि खर्चमात्र गर्ने परिपाठी छ । लक्षित वर्गका रकमले आयबृद्धि गर्ने क्षेत्रमा लागनी गर्ने हो भने यसले ब्यक्तिको पारिवारीक अबस्था मात्र हैन सिंगो समाजको पनि अबस्था सुधार हुन्छ । एउटा वर्गको जनता अभाबमा बाच्ने र अर्को बर्गको जनता ऐसआराममा बाच्ने अबस्थाले हाम्रो समाजको सुन्दरतालाई धरै धमिलो पार्छ । त्यसैले स्थानीय सरकार र जनप्रतिनिधिले यस्तो अवस्थालाई गम्भिरताका साथ लिएर लक्षित वर्गको रकम सहि ठाउमा सदुपयोग गर्ने ब्यबस्था मिलाउनु जरुरी छ।