धरान उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रलाई सुन्दर र हराभरा बनाउन लाखौ रुपैया खर्च गरेर फुल रोप्ने तयारी गर्दै छ । जमिनमा फुलबारी बनाउन नमिल्ने भएपछि रेलिङमा गमला राखेर फुल फुलाउने र शहरलाई सुन्दरता प्रदान गर्ने उपमहानगरको सोच छ ।

धरान आउने जो कोहीले हेर्ने बित्तिकै धरानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरोस भन्ने उपमहानगरको चाहाना हो । तर उपमहानगरले सुन्दर बनाउन खोजेको उक्त क्षेत्रमा स्थानीय ब्यापारीले भने असहयोग गरिरहेको बुझ्न सकिन्छ । ब्यापारीहरुले सर्वंसाधरण हिड्ने सडक र फुल रोप्न तयार पारिएको गमला नै छोप्ने गरि जथाभाबी त्रिपाल र सडकमा राखीने पसलहरुका कारण शहरको सुन्दरतानै गुम्ने गरेको छ ।

यसले शहरको सुन्दरता बिग्रने मात्र हैन सर्बसाधरणलाई हिड्न पनि समस्या परेको छ । यसै बिषयमा ब्लाष्टखबरले तयार पारेको एक रिपार्ट