रंगेली/नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले प्रदेशका संसदहरुमा गएर सम्बोधन गर्नु गलत भएको बताएका छन् । उनले ‘ प्रदेश–प्रदेश गएर सम्बोधन गर्नु लोकतान्त्रिक मुलकमा अलोकतान्त्रिक चरित्र मानीन्छ ।’ प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधनले निरंकुसताको झल्को दिएको जिकिर गरे ।

उनले हामी कतै सर्वसत्ता बादतीर गरहका छैनौ भन्दै आसंका व्यक्त गरे ।नेपाल प्रेस युनियनले विराटनगरले आयोजना गरेकोे भेटघाट कार्यक्रममा डा कोइरालले प्रधानमन्त्रीले यसरी प्रादेशिक संरचनामा सम्बोधन गर्नु विल्कुलै गलतभएको जिकिर गरे ।

उनले न्यायपालीका र सरकारको सठगाठ भएको समेत आरोप लागएका छन् । बालकृष्ण ढुङगेलको रिहाइले त्यसको पुष्टि गर्ने उनले बताए । सर्बोच्च अदालतले सर्वस्व सहित जन्म कैदको सजाय सुनाउने अनि फेरी छोड दिनु कस्तो नियम हो ? उनले प्रश्न गरे । उनले भने ‘ढुङगेलको चालचलन राम्रो भएको भए पनि साठी प्रतिसत सजाय भोगीसके पछि मात्र माफी दिनु पर्ने हुन्थ्यो ।’

अहिले दण्ड हिनता मौलाउदै गएको छ । यस विषयमा नेपाली काग्रेस संसदमा चुकेको उनले जिकिर गरे । संघिय सरकारले प्रदेशलाई दिएको बजेट कम भएको जिकिर गरे । सरकारले सात प्रदेशलाई जम्मा ९ प्रतिसतमा मात्र बजेट छुट्टाएको भन्दै भने ‘ यो कुरा हामीले भनिरहेका छैनौ ।

प्रदेशका मुख्य मन्त्रिहरुले नै भनिरहेका छन् ।’उनले संघिय सरकारका गृहमन्त्रिलाई अनुगमनमन्त्रीको संज्ञा दिएका छन् । मन्त्रीले आफ्नो मातहतका निकायलाई सक्रिय बनाउनुको साटो आफै अनुगमन गर्दै हिडनु हास्यासपद भएको जिकिर गरे । कृषीमन्त्री सब्जी मण्डीको अनुगमन गर्ने,बातावरणमन्त्री फोहोर मैलाको अनुगमन गर्ने यो के चालाहो ! डा काइलाले भने वाहाहरुले अनुगमन गर्ने होइन आफ्नो मातहतको निकायलाई व्यवस्थित बनाउने र सक्रिया गराउनु पर्ने बताए ।

उनले नेपाल जस्तो बहुजाति,बाहुधार्मी र सांस्कृतिक विभिदा भएको देशमा कार्यकारी राष्ट्रपती सम्भव नभएको बताए । उनले भने ‘हाम्रो जस्तो विविधता युक्त मुलुकमा कारीकारी राष्ट्रती आए अधिनायकबाद आउने भएकोले नै काग्रेसले पटकपटक विराध गर्दै आएको हो ।’आफूले कहिले पनि नेपाली काग्रेसको सभापतिलाई हटाउनु पर्छ नभनेको बताए ।

महासमितीको बैठक बोलाएको र त्यसबाट विद्यान संसोध गरी त्यसको आधारमा १४ औ महाधिवेसनको आवहान गर्न भनेको उनले प्रष्ट पारे । अब महाधिवेसन आउन १ वर्ष ८ महिना रहेकोले प्रक्रिया पुरा गर्न त्यो समयलाग्ने उनले बताए ।