धनकुटा । धनकुटा नगरपालिकाले अनुदानमा कृषकलाई सात वटा हाते ट्याक्टर (मिनी टिलर) सोमवार वितरण गरेको छ। व्यावसायिक कृषि प्रणालीको सुरुवात गर्न नगरपालिकाले मिनी टिलर अनुदानमा उपलब्ध गराएको छ। नगरपालिकाले ८३ प्रतिशत अनुदानमा नगरका विभिन्न सात वटा कृषि समूहलाई ७३ हजार मूल्य पर्ने पाँचलाख ११ हजार रुपैयाँ बराबरको मिनी टिलर वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताएका छन् । धनकुटा नगरपालिका कार्यालयमाआयोजित कार्यक्रममा नगरका विभिन्न वडाका किसानहरु विच गठित समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ। गोरुले जोतेर गरिने खेतीलाई विस्थापित गर्दै व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न आगामी पाँचवर्ष भित्र मागोरु पाल्ने किसानलाई मिनीटिलरबाट नै जोत्ने व्यवस्था गरिने नगरपालिकाका प्रमुख तामाङले बताएका छन् । सो अवसरमा तामाङले धनकुटा नगरपालिका क्षेत्रका पशु कृषकहरुलाई उन्नत जातको बाख्रा उत्पादनको लागी विउ वोका समेत किसानहरुलाई वितरण गरिएको वताए । उनले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने वताएका छन् । हाते ट्याक्टर वितरण काय्र्रक्रमलाई सम्वोधनगर्दै धनकुटा नगरपालिकाका प्रमुख तामाङले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको लागी ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर थप आधुनिक कृषि उपकरण वितरण गर्ने वताएका छन् ।