पथरी । मोरङको कानेपोखरी गाउँपालिका–४ स्थीत खोरिया टोल स्थीत डाँसखोला बगरका भगौरी ऋषिदेव आजभोली गाउँका सबैभन्दा खुशी देखिन्छन् । चार बर्ष अघि देखि खुल्ला आकासमा बस्दै आएकी भगौरीको घर बने पछि खुशी देखिएको हो । दुई हप्ता अघि वडाकार्यालयले २५ हजार नगद घर बनाउने रकम पाएपछि उनीको घर बनेको हो । उनीको घर छिमेकी निलम बुढाथोकीले सो रकम बराबरको घर बनाइदिएको हो । बाँसको भाटाकोटाँटी, बाँसको खम्बा र टिनको छानो दुईकोठे घर बने पछि अव भगौरीको बास छाँना मुनी हुने भएको छ । चार बर्ष अघि दशैको विचमा परालको झुप्रो घर आगालागी भएको थियो । पति र पत्नि मात्र बस्दै आएको घर जलेर खरानी भएपछि उनिहरु घर छेउको ठुलो शिरिसको रुखको फेदमा रात र दिन कटाउँदै आएका थिए । छोरी गाउँमै विहे भाको छ, छोरो छुट्टीएर अर्कै घर बनाएर अन्तै बसेको छ । पानी परेको बेला छोरीको घरमा, अरुबेला रुखको फेदमा दिनरात काट्दै आएका थिए ।

अव घर बने पछि त्यो खुल्ला आकाशमा बस्ने दिन गएको छ । गत बर्ष बाढिपीडितको रातले निक्कै छाँक पुगेको थियो । विहान बेलुकी खाने चामल हुदैन, कहिलेकाही भोक्कै बस्नु पर्छ । बाढिपीडितको रातमा त्रिपाल पनि दिएको थियो । त्रिपालको छाँनो लगाएर रुखको फेदमा बस्दै आएका भगौरीको पति ८ महिना अघि मृत्यु भएको छ । अहिले उनि एकलै छिन् । उनी उमेरले ७२ बर्ष कटिसकेका छन् । तर उनीले पनि नागरीकता पाएका छैनन् । श्रीमानको नागरीकता छ, तर जन्मसिद नागरीकता छ । जन्मसिद नागरीकता भएको कारण भगौरी नागरीकता पाउनबाट बन्चित भएकी छिन् । वडा कार्यालय धेरै गए तर वडाध्यक्ष र सदस्यहरुले आस्वाशन मात्र दिन्छ उनि दुःख पोख्छिन् । गाउँमा भोट माग्न आउँदा नागरीकता बनाई दिन्छु भनेका थिए तर उनिहरुले ढाटेको भगौरी बताउँछन् । नागरीकता नपाए पछि भगौरीले सरकारी सेवा सुविदाबाट बञ्चित भएकी छिन् ।

नयाँ घर बनाएर खुशी हुने भगौरी मात्र होइन् , ऋषिदेव गाउँका १४ जनाले नयाँ घर बनाउने अवसर पाएका छन् । गत बर्षको डाँसखोलको बाढीले गाउँ नै ढुवाएको थियो । गाउँ ढुवाउँदा एक हप्ता घर छोडेर डाँडामा बसेका थिए । उनिहरु बाढीपीडित २१ घर मध्ये १४ जनाले २५ हजारको दरले घर बनाउने राहात पाएका थिए । राहत पाउनेहरु देवारी लिम्बू,जलसरी ऋषिदेव,राजेश ऋषिदेव,सुनिल ऋषिदेव,सिताराम ऋषिदेव,विजय ऋषिदेव,बिरण ऋषिदेव,प्रकास तामाङ,कर्ण श्रेष्ठ,पूर्ण बहादुर राई,सरस्वती लिम्बू, मानकी चौधरी र भगौरी ऋषिदेव रहेका छन् । उनिहरुले सवैले टिनको छाँनो र बाँसको टाटी लगाएर मजबुद घर निमार्ण गरिरहेका छन् । कसैले रड र सिमेन्टको खम्बा लगाएर घर निमार्ण गरिरहेका छन् । राहत पाएर घर बनाएको राजेश ऋषिदेव भन्छन् –‘हाम्रो कोही छैन भनेको हामीलाई सहयोग गर्ने भगवान रहेछ । भगवान भएर सहयोग गर्नुहुने सबैलाई मुसहर बस्तीले गुण तिर्न सकिन्दैन हामी तपाईहरुको सहयोग बिर्सिने छौँनै । ’ वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले राहत दिनु पर्ने डाँसखोला छेउमा बसोबास गर्ने २१ जनालाई नै हो तर यस पटक दिन सकेनौ १४ घरको मात्र नाम जिल्लाले पठाएको थियो । अर्को पटक वडाकार्यालयले अरुलाई बिसेर्ने छौनै । जिल्ला दैवि प्रकोप उदार समितिबाट राहत स्वरुप रकम वडाकार्यालयमा आएको थियो ।